दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा गर्ने

काठमाडौँ, १३ माघः दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ । यसवर्ष यही माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आइपुग्नुभएका उहाँ चार सय वर्षअघिदेखि दलित र ब्राह्मणले पूजा आराधना गरी समावेशिताको उत्कृष्ट नमूना प्रदर्शन गर्दै आएको बताउनुहुन्छ । चार सय वर्षअघि मैनावती कोटका राजा मानुक चन्दले यो मन्दिरमा दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने रीत बसालेका थिए । बनारसीधाममा हाल बाह्मण समुदायका पन्त र दलित समुदायका लोहारले पूजा आराधना गर्दै आएका छन् । यहाँका ब्राह्मणले दलितलाई कुनै छुवाछुत नगर्ने संस्कृतिको विकास भएको छ । ब्राह्मण पुरोहितले दलितका घरमा गएर कर्मकाण्डलगायत कर्मसमेत गर्ने गरेको पनि पन्त बताउनुहुन्छ । ब्राह्मण समुदायका घरमा दलित समुदायले निर्वाध रुपमा प्रवेशसमेत पाउने गरेका छन् । चारसयवर्ष अघिदेखिको अभ्यासले यो गाउँमा कुनै छुवाछुत र भेद्भाव नभएको स्थानीयवासीको अनुभव छ । पाटन नगरपालिका वडा नं ३ मा पर्ने बनारसीधामलाई धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पनि मेलाले सहयोग गर्ने समाजका अध्यक्ष उत्तरबहादुर चन्द बताउनुहुन्छ । मेलालाई भव्य रुपमा सम्पन्न गराउन समाज लागिपरेको छ । मेलाका बेला बनारसीधाममा कुनै छुवाछुत एवं भेद्भाव नभएको सन्देश दिने खालका कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ । बनारसीधाममा दलितका तर्फबाट पूजाको नेतृत्व गर्दै आउनुभएका धीरे लोहार आफूहरुले दलित भनी भेदभावको अनुभव गर्नु नपर्ने अवस्थाको निर्माण भएको बताउनुहुन्छ । देशभर यस्तो अवस्था बनाउन पनि बनारसीधामको यो उदाहरणले सहयोग गर्ने विश्वास गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 110 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 43 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल