दलित समुदायका पत्रकारका अनेक चुनौती

मिर्चैया (सिराहा), ५ साउन : दलित समुदायका पत्रकारले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न विभिन्न चुनौती रहेको बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेद्भाव तथा छुवाछूतका समस्याले पेसा गर्न निकै चुनौतीपूर्व बनेको बताएका हुन् ।

युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारको सञ्जाल निर्माण तथा परिचालन परियोजनाअन्तर्गत मधेस–प्रदेशमा सञ्चालित ‘युएसएआइडी सिभिक सोसाइटी एण्ड मिडिया एक्टिभिटी’ विषयक तालिमका सहभागीले दलित समुदायका व्यक्तिलाई पत्रकार नमान्ने गैरदलित व्यवहारका कारण पेसामा टिक्न समस्या भएको धारणा राखेका हुन् । दलित पत्रकारका लागि आयोजित दुई दिने क्षमता विकास तालिमका सहभागीले आफूहरूलाई स्थानीय सरकारले समेत क्षमता विकासका लागि कुनै सहयोग नगरेको, पत्रकारका रूपमा जाँदा विभेद् गर्ने गरेको र सूचना दिनसमेत नमान्ने परिपाटी विकास हुँदै गएको गुनासो गरेका छन् । क्षमता अभावका साथै कम्प्युटर, मोबाइल, क्यामेरालगायत पत्रकारिताका लागि आवश्यक सामग्रीसमेत नहुँदा गैरदलित पत्रकारसरह काम गर्न नसकिएको सहभागीको भनाइ छ । तालिमका क्रममा सहभागीले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ र त्यसमा उल्लेखित प्रावधान पालिकाले नै पालना नगरेको विषयमा छलफल भएको थियो । अहिले पनि जातीय विभेद्का घटना दोहोरिइरहेका र कानुनको कार्यान्वयन प्रभावकारी नभएको विषयमा रिपोर्टिङ गर्नुपर्ने आवश्यकता महसुस भएको तालिमका प्रशिक्षक डा विजयप्रसाद मिश्रले बताउनुभयो । मधेस प्रदेशका आठ जिल्लाका दलित पत्रकारका लागि आयोजित तालिममा पत्रकारको क्षमता विकासका साथै दलित समुदायका उत्पीडनका घटना उजागर गनुपर्ने दायित्य थपिएको बताउँदै उक्त जिम्मेवारी निर्वाह गर्न चुनौती थपिएको प्रशिक्षार्थीले बताएका छन् । प्रशिक्षक डा मिश्रले पत्रकारले आफ्नो क्षमता वृद्धिका लागि अपनाउनुपर्ने क्रियाशीलता र पेसालाई सहज तुल्याउन गर्ने मद्दतबारे जानकारी गराउनुभएको थियो । उहाँले दलित समुदायका पत्रकारको सवल र दुर्वल पक्ष अनि चुनौतीहरू निक्र्योल गर्दै यसलाई कसरी अवसरमा बदल्ने भन्नेबारे धारणा प्रस्तुत गर्नुभएको थियो । प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले लेखन÷पत्रकारिताका माध्यमबाट दलित समुदायका समस्या पहिचान गर्ने, समाचार तयार गर्ने, प्रस्तुत गर्ने तरिकाबारे बताउनुभयो । उहाँले सत्यतथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताले मात्र पत्रकारको वास्तविक सुरक्षा गर्न सक्ने भएकाले यो पक्षलाई जस्तै प्रतिकूल अवस्थामा पनि छाड्न नहुने सुझाव दिनुभयो । आयोजक संस्था दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले पालिकाको योजना तर्जुमा, बजेट निर्माण, स्थानीय जातीय विभेद् तथा छुवाछूत अनुगमन समिति निर्माण गरी कार्यान्वयन गराउने क्षेत्रमा क्रियाशील हुन सहयोग पु¥याउने उद्देश्यले क्षमता विकास तालिम आयोजना गरिएको जानकारी दिनुभयो । दलित कार्यपालिका सदस्य, राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारी, दलित समुदायका अगुवा पत्रकार र दलित नागरिक समाजका पदाधिकारीलाई सक्रिय तुल्याइ सहकार्य गराउनु आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 67 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल