दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्व सम्मानित

काठमाडौँ । दलित समुदायबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुहुने विभिन्न व्यक्तित्व सम्मानित भएमा छन् ।

समता फाउण्डेशनद्वारा आज आयोजित कार्यक्रममा यसरी सम्मानित हुनेमा फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियार, डा. चेतबहादुर परियार, डा. द्रोण रसाइली, डा. विष्णु परियार, डा. पूर्णबहादुर नेपाली, डा. इन्दिरा सुन्दास, डा. मानबहादुर विक, डा. रविना जी रसाइली, डा. विष्णुमाया परियार, डा. गंगाराम विश्वकर्मा, डा. श्याम परियार, डा. यामबहादुर किसान, डा. आइत विश्वकर्मा, डा. अमित परियार, डा. बुद्धि नेपाली, डा. रमेश सुनाम, डा. मित्र परियार, डा. निर्मलकुमार विश्वकर्मा र डा. शेखर परियार छन् ।

यसैगरी डा. कृपाराम विश्वकर्मा, डा. मोम विश्वकर्मा, डा. रमेश परियार, डा. दिनेश हरिजन, डा. रत्नबहादुर वाग्चन, डा. श्यामलाल मगराती, डा. अमरबहादुर विक, डा. नन्दलाल दर्नाल, डा. यामबहादुर विक र डा. पूर्णबहादुर विश्वकर्मा छन् ।

कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद र पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा उनीहरुसहित वरिष्ठ अधिवक्ता नारायण नेपालले सम्मान गरे ।

सोही अवसरमा राज्यमन्त्री विकले संविधानमा उल्लेखित दलित अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबैले आफ्नो क्षेत्रबाट आवाज उठान गर्नुपर्ने बताइन् । फाउण्डेशनका अध्यक्ष मदनप्रसादले दलित समुदायका नयाँ पुस्तालाई प्रेरणा होस् भन्ने उद्देश्यले दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्वलाई फाउण्डेशनले सम्मान गरेको बताईन्।

  • Related Posts

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था…

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…

    पहिलो

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    • April 19, 2026
    • 28 views
    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 26 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 25 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 24 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 25 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 23 views
    अमेरिकाले छोड्यो सिरिया