देगु तलेजुको पुनः निर्माण सम्पन्न

ललितपुर । २३ नौ वर्ष अघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनः निर्माण सम्पन्न भएको छ ।

भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए। भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, “मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनः निर्माण गरिएको छ ।”

ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनः निर्माणका लागि जापान सरकारले रु. १३ करोड सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनः निर्माण पूरा भएको छ भने केही निर्माणाधीन छन् ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि