देश तथा समाजलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक छ : महासचिव पोखरेल

काठमाडौँ, १३ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताउनुभएको छ । एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आज उहाँले नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्‍याएको जिकिरसमेत गर्नुभयो ।

महासचिव पोखरेलले संसद्का दुई ठूला पार्टी एमाले र नेपाली कांग्रेस सरकार बनाउने उद्देश्यले मात्र नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट गर्नुभयो । “नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकको जस्तो होइन, नेपाली कांग्रेस र कम्युुनिष्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन हो । यो परिवर्तन र सफलतापछि हामीले उचित व्यवस्थापन गर्न सकेनौँ । नीतिगत नेतृत्व प्रदान गर्न नसक्दा सधैँ अस्तिरता उत्पन्न भइरह्यो । त्यसकारण अब नयाँ योजना र सोचका साथ अगाडि बढ्न जरूरी छ । त्यसका लागि हामी एक ठाउँमा आएका छौँ”, उहाँले भन्नुभयो । यसैगरी उहाँले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद (जबज) नै रहेकाले जबजको औचित्य समाप्त भयो भन्नु गलत हुने टिप्पणी गर्नुभयो । “विगतमा एमालेको नेतृत्व गरेका कतिपय कम्युनिष्ट नेताहरूले पनि बेलाबेला जबजको औचित्य सकिएको कुरा गर्ने गरेका छन् । मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाएको छ । २०६२÷६३ को राजनीतिक सफलतापछि बाटो पनि जबजले देखाएको छ भन्ने कुरामा स्पष्ट हुन र जबजको औचित्यका बारेमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गर्दछु”, महासचिव पोखरेलले भन्नुभयो । राजनीतिक क्रान्तिपछि समाजवादमा पुग्न तीन वटा विशेष अवधि पार गर्नुपर्नेबारे जबजले भनेको उल्लेख गर्नुहुँदै उहाँले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउँछ भन्नुभयो । महासचिव पोखरेलले अगाडि भन्नुभयो, “समाजवादमा पुग्नुअघि पुरानो समाज व्यवस्था÷उत्पादन सम्बन्धका अवशेष पूर्णरूपमा अन्त्य र बदलिएको उत्पादन सम्बन्धलाई बलियो बनाउँदै योजनाबद्ध ढङ्गले समाजवादका आधार तयार गर्नुपर्ने कुरालाई जबजले प्राथमिकता तोकेरै भनेको छ । त्यसकारण नेता कार्यकर्ताले जबज र परिवर्तनको विचार सम्प्रेषण नगरी समाज परिवर्तन नहुने कुरामा प्रष्ट हुन आवश्यक छ ।” प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, ईश्वरी रिजाल, केन्द्रीय स्कूल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरू वाइपी आचार्य, प्रा डा तत्वप्रसाद तिमिल्सिना, रामशरण प्याकुरेललगायत विषयविज्ञहरूले प्रशिक्षण दिनुभएको थियो ।

पाँच दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र पालिका कमिटीका पदाधिकारी सहभागी हुनुहुन्छ ।t

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 102 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 127 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 75 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल