धुलिखेलमा खानेपानी वितरण

काभ्रेपलाञ्चोक, १६ पुसः धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ । उक्त आयोजनाको मुहानक्षेत्र पनौती नगरपालिका–१२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । आयोजनाबाट तीन हजार दुई सय घरमा खानेपानी वितरण भएको छ । हाल धुलिखेलस्थित मुख्य ट्याङ्कीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्याङ्कीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एक÷दुई दिन लाग्ने समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तत्काल अस्थायी रुपमा आयोजना मर्मत गर्न रु १९ लाख ७९ हजार खर्च भएको छ । आयोजनाको स्थायी पुनः निर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पुनःनिर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जूको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो । जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयनस्वरुप रु एक करोड ४५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले जानकारी दिनुभयो । जर्मनीबाट प्राप्त सो रकम आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनःनिर्माणमा खर्च गरिने जनाइएको छ । बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरु तीन महिनादेखि खानेपानीविहीन थिए ।

  • Bishnu Timalsina

    Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 76 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल