नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २४ बैशाख । वीरगंज महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा फैलिएको जथाभावी पार्किङलाई व्यवस्थित गर्न कडाइका साथ अभियान सुरु गरेको छ । पछिल्लो समय बस, सुमो तथा अन्य सार्वजनिक सवारीसाधनहरू मनपरी रूपमा पार्किङ गरिँदा बसपार्क अस्तव्यस्त बन्न थालेको गुनासो आम नागरिक तथा यात्रुहरूबाट आएको थियो ।

पार्किङ अव्यवस्थाले यात्रुहरूलाई आवतजावतमा अप्ठ्यारो हुने, ट्राफिक जाम सिर्जना हुने र सार्वजनिक स्थानमा अव्यवस्था बढ्ने जस्ता समस्या देखिन थालेपछि महानगरले टोली परिचालन गरी व्यवस्थापनको पहल थालेको हो ।महानगरपालिकाको टोलीले लामो समयदेखि संचालनमा नरहेका र बेवारिसे रूपमा बसपार्कमै छाडिएका दुई वटा बसहरूलाई क्रेनमार्फत डोरीले तानेर हटाएको छ । ती बसहरू कुनै चालक वा सवारीधनीको सम्पर्कबिना बसपार्कमै थन्क्याइएको अवस्थामा थिए ।

यसरी सवारी साधनहरू छाडेर बेवास्ता गर्नेलाई कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ । महानगर प्रमुख राजेशमान सिंहले बसपार्क सार्वजनिक सम्पत्ति भएकाले यसलाई व्यवस्थित, सुरक्षित र यात्रु–मैत्री बनाउने दायित्व महानगरले लिएको स्पष्ट पार्नुभयो । उहाँले बसपार्कको संचालनमा संलग्न साझेदार संस्थालाई आवश्यक निर्देशन दिँदै सवारी साधनहरू निश्चित स्थानमा मात्र पार्किङ गर्न र अव्यवस्थित रूपमा गाडी नछोड्न अनुरोध गर्नुभएको छ ।

यसै गरी बसपार्कको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । फोहोरमैला व्यवस्थापनदेखि दैनिक सरसफाइसम्मका कामलाई थप प्रभावकारी बनाउन महानगरले सरसफाइ कर्मचारी तथा निगरानी टोली परिचालन गरेको छ । यात्रुहरूको सुविधा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै सार्वजनिक स्थानमा स्वच्छता कायम राख्न महानगर प्रतिबद्ध रहेको सरसफाई तथा हरियाली संयोजक प्रकाश खेतानले बताउनुभयो । उहाँका अनुसार यो अभियानलाई एक दिने क्रियाकलापको रूपमा नभई निरन्तर चलाइनेछ ।

  • Bishnu Timalsina

    Related Posts

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले नेपाल कै पहिलो प्रवेश द्वारको रूपमा चिनिने पर्सा जिल्लाको मुटु मानिने वीरगंजको शंकराचार्य गेटमा १२ औं…

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०७ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 93 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 87 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 94 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 117 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 98 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 100 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-