महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २५ बैशाख । वीरगंज महानगरपालिका र यहाँका घरधनीहरू बीच बुधबार घर बहाल कर सम्बन्धमा पनि छलफल सम्पन्न भएको छ । महानगर प्रमुख राजेशमान सिंहको संयोजनमा भएको छलफलमा घरधनीहरू बहाल करप्रति कानुनी जिम्मेवारी स्वीकार गर्दै कर तिर्न सहमत भएका छन् ।

महानगर प्रमुख सिंहले छलफलमा उपस्थित घरधनीहरूलाई कर तिर्ने संस्कारलाई जिम्मेवार नागरिकको हैसियत सँग जोडेर हेर्न आग्रह गर्नु भयो । उहाँले कर प्रणाली पारदर्शी, कानुनी र समावेशी ढंगले लागू गर्न महानगर कटिबद्ध रहेको जनाउँदै सबैलाई सहयोगी भूमिकामा उभिन अनुरोध गर्नुभयो ।छलफलमा घर बहाल करका विषयमा उठेका प्रमाण र कागजातहरूलाई महानगरको नक्सा शाखा र राजस्व शाखाले संयुक्त टोली बनाई स्थलगत अनुगमन गर्ने निर्णय भएको छ । उक्त टोलीले बहालमा रहेका सम्पत्तिहरूको भौतिक निरीक्षण गरी अभिलेख अद्यावधिक गर्नेछ ।

यदि कुनै संरचना नक्सा पासको विपरीत बनेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ । यस्ता संरचनाका मालिकहरूसँग पूर्व सूचना र प्रमाणसहितको प्रक्रिया पूरा गरेर कानुनी कारबाही थालिनेछ ।

महानगरले पटक–पटक पत्राचार गर्दा पनि छलफलमा अनुपस्थित हुने तथा कानुनी दायरामा आउन आनाकानी गर्ने सम्पत्तिधनीहरू माथि पहिलो चरणमा महानगर र यसका मातहत कार्यालयहरूले उपलब्ध गराउँदै आएको सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी दिएको छ । साथै, यस्ता घरधनीहरूको विरुद्धमा अन्य सार्वजनिक सेवा प्रदायक निकायहरूलाई समेत पत्राचार गरेर सेवा प्रवाह रोक्न अनुरोध गरिनेछ ।

छलफलमा उपस्थित नभएका घरजग्गा धनीहरूलाई अन्तिम पटक ४८ घण्टे सूचना दिँदै सबुत प्रमाणसहित महानगरमा उपस्थित भइ प्रक्रिया पूरा गर्न आग्रह गर्ने निर्णय भएको महानगरपालिकाका राजश्व महाशाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिनुभयो ।

यसैबीच, बहाल कर बहालमा लगाउने पक्षले तिर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी दिनमा सम्पत्ति बहालमा दिने घरधनीहरूले आफ्नो भाडामा दिने व्यक्ति सँगको सम्झौतामा स्पष्ट रूपमा बहाल करसम्बन्धी व्यवस्था समेट्नु पर्नेछ । त्यस्तै, भाडामा बस्ने व्यक्तिले पनि हरेक महिनाको बहाल बुझाउँदा अघिल्लो महिनाको बहाल कर महानगरमा बुझाइएको छ वा छैन भन्ने जानकारी दिनुपर्नेछ । यसले दुवै पक्षलाई पारदर्शी बनाउने र कर संकलन प्रभावकारी हुने अपेक्षा गरिएको पनि उहाँले बताउनु भयो ।बुधबार पहिलो चरणमा घण्टाघर लिंकरोड क्षेत्रका घरधनीहरुसँग छलफल भएको हो । छलफलमा लिंक रोड क्षेत्रका घरधनीहरू शंकर प्रसाद जयसवाल, संजय प्रसाद साह, गिरिस प्रसाद सिंह लगायतको सहभागीता थियो । उनीहरूले महानगरको प्रयासलाई सकारात्मक रूपमा लिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महानगरपालिकाको तर्फबाट राजस्व महाशाखा प्रमुख मनोज कर्ण, आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, कानुन शाखाका इश्वर बराल र नक्सा शाखाका गौरव झाले घरधनीहरूलाई बहाल कर, संरचनाको नक्सा पारित प्रक्रिया र प्रचलित कानुनी व्यवस्थाहरूको विस्तृत जानकारी गराएका थिए ।

बहाल कर प्रणालीलाई व्यवस्थित, कानुनी र उत्तरदायी बनाउन महानगरले घरधनीहरुसँगै छलफल गरेको हो ।यो अभियानकै रुपमा रहेकाले हरेक क्षेत्रका घरधनीसँग छलफल गर्नुका साथै बहाल कर संकलनलाई पनि तिब्रता दिने महानगरको तयारी छ । वीरगंज जस्तो तीव्र गतिमा शहरीकरण भइरहेको क्षेत्रमा कर प्रणालीको मजबुतीकरणले नगरको पूर्वाधार विकास र सेवा प्रवाहमा उल्लेखनीय टेवा पुर्‍याउने महानगरको विश्वास छ ।

  • Bishnu Timalsina

    Related Posts

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले नेपाल कै पहिलो प्रवेश द्वारको रूपमा चिनिने पर्सा जिल्लाको मुटु मानिने वीरगंजको शंकराचार्य गेटमा १२ औं…

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०७ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 92 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 87 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 94 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 117 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 97 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 100 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-