नाक, कान, घाँटीकाे उपचारलाई प्राथमिकता अनुसार राख्न सकिएन् :स्वास्थ्य मन्त्री पाैडेल

काठमाडौं ।

नाक, कान, घाँटी उपचारलाई जुन ढंगबाट प्राथमिकतामा राख्नुपर्ने त्यो अनुसार गर्न नसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बताउनुभयो।

नाक, कान, घाँटी उपचारलाई जुन ढंगबाट प्राथमिकतामा राख्नुपर्ने त्यो अनुसार गर्न नसकिएको स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बताउनुभयो।

शुक्रबार सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट नेपालको ९ औँ सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो।

यसलाई प्राथमिकतामा राख्न नीतिगत तहमा के गर्न सकिन्छ, त्यसका लागि आफू तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो ।

त्यसको खाका लिएर आफू कहाँ आउन उहाँले यस क्षेत्रका विज्ञलाई आग्रह गर्नुभयो। राज्यले, स्वास्थ्य संस्थाहरुले त्यसरी प्राथमिकतामा राखेर अघि बढ्न सकिरहेको छैनौ । मत केही महिनाअघि मात्रै मन्त्री भएको मान्छेु मन्त्री पौडेलले भन्नुभयो, यसका बारेमा विशेषज्ञ पनि तपाईहरू, विज्ञ पनि तपाईहरू जानेको मान्छे पनि तपाईहरू के गर्दा प्राथमिकतामा पर्छ नीतिगत रुपमा कसरी सम्बोधन गर्नुपर्छु त्यसको खाका हामीलाई दिन अनुरोध गर्छु ।

यसका जनशक्तिलाई व्यवस्थित ढंगबाट परिचालन गर्ने, अस्पतालहरूमा युनिटहरु राख्ने, यसको व्यवसायीकरणको विकास कसरी गर्ने रु यस बारेमा एउटा स्पष्ट दृष्टिकोण ल्याउन मन्त्री पौडेलले अनुरोध गर्नुभयो।

नीतिगत तहमा सम्बोधन नगरीकन यो क्षेत्र प्राथमिकतामा नपर्ने उहाँको भनाइ छ । नेपालको स्वास्थ्य क्षेत्र कहीँ पनि पूर्ण नभएको मन्त्री पौडेलले बताउनुभयो । सीमित स्रोत, साधन तथा सीमित जनशक्तिले नै प्रभावकारी सेवा दिनुपर्ने भएकाले यस नाक, कान, घाँटीको क्षेत्रमा पनि सोहीअनुसार खाका बनाउन उहाँले आग्रह गर्नुभयो ।

सीमित साधन, स्रोतका बाबजुद हामीले प्रभावकारी सेवा दिनुपर्ने छु मन्त्री पौडेलले भन्नुभयो, त्यसका लागि नीतिगत रुपमा केही काम गर्नुपर्नेछ । कार्यान्वयनका लागि चाहिँ यहाँहरुले नै बढी मेहनत गर्नुपर्ने हुन्छ ।

सीमित साधन स्रोतभित्र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा यो सम्मेलनले पनि एक खालको निष्कर्ष निकाल्ने विश्वास मन्त्री पौडेले गर्नुभयो । यहाँहरुको संस्था पनि छ । त्यो संस्थामार्फत । कार्यान्वयनमा लाने गरी नीतिगत व्यवस्थाको अपेक्षा गर्दछौँ । यस्ता सम्मेलनहरुले निष्कर्षमा पुर्‍याउन सहयोग पुग्छ भन्ने लागेको छ । उहाँले भन्नुभयो।

काम गर्ने क्रममा निस्किएका जटिलतालाई कसरी सम्बोधन गर्ने भन्नेबारेमा पनि निष्कर्षमा पुग्न उहाँको आग्रह छ ।

सम्मेलनलाई भेटघाटका रुपमा मात्रै सीमित नगरीकन, नीतिगत व्यवस्था गर्ने, निष्कर्ष निर्माण गर्ने अवसरका रुपमा लिन मन्त्री पौडेलले आग्रह गर्नुभयो ।

सम्मेलनमा विभिन्न देशबाट सहभागी भएका विज्ञहरुसमक्ष मन्त्री पौडेले यो सुरु भएकाले अब धेरै नयाँ काम हुने बताउनुभयो ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 39 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 28 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 29 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 20 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 33 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि