नारायणगढ-बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन

नवलपरासी । यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुई पटक सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक भासिएर यातायात आवागमन अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती खेप्न बाध्य भए । सामान्य पानी परेको अवस्थामा कहाँ सडक अवरुद्ध हुन पुग्छ र बाटोमा अलपत्र गरिन्छ भन्ने चिन्ता बोकेर हिँड्नुपरेको भरतपुर–११ का कृष्ण पौडेलले गुनासो गरे ।

भारतको नयाँ दिल्ली गएर फर्किँदै गरे का पौडेल दाइउन्नेको जाममा १२ घण्टासम्म रोकिएको गुनासो गरे । “दिल्लीमा काम सकाएर दाउन्ने हुँदै घर जान हिँडेको थिएँ, दाउन्नेमा सडक भासिएर बाटो अवरुद्ध भएछ”, उनले भने, “यस सडकको विकल्प नभएका कारण असोज १८ गते रातभरी बाटोमै बस्नु पर्‍यो ।”

राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ ।

सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इञ्जिनियर चुडाराज ढकालले भन, “बाटोमा कुनै जाम भएन भने चार घण्टामा सार्वजनिक सवारीसाधनले नारायणगढ बुटवलको दूरी पार गर्छन् ।” सडक सहज रूपमा सञ्चालन गराउनका लागि निर्माण कम्पनीलाई निर्देशन दिइसकेको उनले बताए ।

“सडक विस्तारको काम निकै ढिला भएको महसुस गरेर हामीले भोलि निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडलाई ‘नोटिस’ दिँदैछौँ”, उनले भने । , “उनीहरू रु १३ अर्ब घाटा भयो भनेर ढिलासुस्ती गर्दैछन्, काम नगरे ठेक्का तोड्ने र अन्य प्रक्रियामा जाने चेतावनीसहितको सूचना दिन लागेका हौँ ।” यस खण्डको काममा निर्माण कम्पनीको केन्द्रीय कार्यालयले लगानी गर्ने तयारी गरेको बुझिए पनि काम ढिला हुँदा आफूहरूले सूचना दिन लागिएको इञ्जिनियर ढकालले बताए ।

दसैँ सुरु भएपछि सडक विस्तारभन्दा पनि सडक मर्मत गरेर यात्रालाई सहज बनाउन निर्देशन दिइएको उनले बताए । “यो सडक भएर लाखौँ यात्रुले यात्रा गर्नुहुन्छ, सडकको खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाउन हामीले निर्देशन दिएका छौँ”, उनले भने, “मनसुनपछि पूर्वीखण्डमा पाँच किलामिटर कालोपत्र भएको छ, भने बाँकी मर्मतको काम भएको छ ।”

एक सय १४ किलोमिटर सडकमध्ये एकतर्फी ६० किलोमिटर कालोपत्र भएको २० किलोमिटर जति पुरानै कालोपत्र रहेको र करिब ३४ किलोमिटर सडक खाल्डाखुल्डीसहित कच्ची भएकाले कच्ची बाटोको यात्रा सहज बनाउन लगाइएको उनले बताए।

नारायणगढ बुटवल सडकखण्डमा दाउन्नेबाट पूर्वतर्फभन्दा दाउन्नेबाट पश्चिमतर्फको खण्डमा बढी जोखिम देखिएको छ । नारायणगढ बुटवल सडक योजना पश्चिम खण्डका योजना प्रमुख इञ्जिनियर शशाङ्क मिश्रले अहिले आफूहरूले सडक मर्मतलाई प्राथमिकता दिएको बताए। “जसरी हुँदै यात्रुहरूको यात्रा सहज बनाउने हाम्रो प्रयत्न छ”, उनले भने, “पहिराले सडक अवरुद्ध भएमा तत्काल खुलाउने गरी हामी तयारी अवस्थामा रहेका छौँ ।”

पहिरो सम्भावित क्षेत्र दाउन्नेमा अपरेटरसहित एउटा एक्साभेटर, एउटा डोजर तथा एउटा रोलर तयारी अवस्थामा राखिएको मिश्रले बताए । मिश्रले भने, “अवरुद्ध भएको सडक तत्काल खुला गर्नका लागि स्थानीय प्रशासन, ट्राफिक प्रहरीसहितको सहकार्यमा काम गर्नेगरी योजना बनाएका छौँ ।” मनसुन सुरु भएपछि पश्चिम खण्डमा सडक विस्तारका काम सुरु नभएको भन्दै सडकलाई खाल्डाखुल्डी बनाउतर्फ ध्यान दिइएको योजना प्रमुख मिश्रले बताए ।

“अहिले बुटवलबाट बर्दघाट बढीमा साढे एक घण्टामा पुग्न सकिन्छ भने त्यहाँबाट दाउन्ने आधा घण्टामा पास हुन्छ”, मिश्रले भने, “दसैँमा घर फर्किने यात्रुको यात्रालाई सहज बनाउन हामीले सक्दो प्रयास गरिरहेका छौँ ।”

खैरहनी र बुटवलतर्फ केही खाल्डाखुल्डी भएका भन्दै इञ्जिनियर मिश्रले मङ्गलबारसम्म ती खाल्डाखुल्डी पुरेर यात्रालाई सहज पारिने जानकारी दिए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 43 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 42 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 62 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 74 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 111 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 95 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-