पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बोक्सीको आरोप कसूरमा तीन जना महिलाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

गत २०८२ साल फागुन २७ गते बिहान करिब ११:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ३२, चोर्नी टोल स्थित गहुँ बारीमा बाली हेर्न जाने क्रममा सोही ठाउँ बस्ने वर्ष २८ की मुनती देवी समेतले जाहेरवालीलाई बाटो छेकी झुक्यानमा पारी एकछिन काम छ भन्दै जोरजुलुम गरी आफ्नो घर आँगनमा लगि मलाई किन भुत प्रेत लगाइ बिरामी पारेको भनी गाली गलौज तथा चप्पलले कुटपिट गरेको भनी समेत व्यहोराको वीरगञ्ज महानगरपालिका वडा नं. ३२, चोर्नी बस्ने वर्ष ७२ की कोशिलिया अहिरिनले दिएको जाहेरी दरखास्तको आधारमा सो कार्यमा संलग्न ति महिलाहरुलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

यसै गरी पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. ३२, चोर्नी बस्ने क्रमशः वर्ष ३८ की पिंकी देवी, वर्ष ४४ की पानामति देवी तथा वर्ष ५४ की शान्ति देवी धानुक सहितको महिलाहरूलाई मंगलबार दिउँसो करिब १२:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघरमा घुमफिर गरिरहेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले निजहरूलाई नियन्त्रणमा लिइ बोक्सीको आरोप ( कसूर र सजाय ) ऐन,२०७२ अनुसार सम्मानित पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइ आवश्यक अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता द्वारा खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज…

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ठाकुर पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ जेष्ठ । वडा प्रहरी कार्यालय, श्रीपुरले विशेष सूचनाको आधारमा आईतबार साँझ करिब ०५:०० बजेको समयमा बैंकिङ कसूरका एक प्रतिवादीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 52 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 47 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 28 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 25 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 19 views
    आजको राशिफल