नेप्सेमा करिब २२ अर्बको कारोबार

काठमाडौँ, १६ साउन : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकको वृद्धिसँगै आज शेयरबजारमा रु २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम अहिलेसम्मकै धेरै हो । यस अघि विसं २०७८ साउन ३१ गते रु २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।

आज तीन सय ३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर दुई लाख ३८ हजार दुई सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु २१ अर्ब ९१ करोड १५ लाख तीन हजार पुगेको हो । आज कारोबारमा आएका कम्पनीमध्ये एक ९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।

आजको कारोबारमा ४४ कम्पनीको शेयर मूल्य सामान्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन र– इन्स््योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । यो कम्पनीको रु ८४ करोडको शेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 100 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 124 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल