नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई ISO 9001:2015 प्रमाणीकरण प्राप्त-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०३ जेष्ठ । नेशनल मेडिकल कलेज वीरगञ्जले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली (QMS) अन्तर्गतको प्रमाणीकरण सफलतापूर्वक प्राप्त गरेको छ ।

यस उपलब्धिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको अस्पतालले जनाएको छ ।

अस्पतालको व्यवस्थापन प्रणाली, कार्यप्रणाली तथा सेवा प्रवाहको विस्तृत मूल्याङ्कनपछि उक्त प्रमाणीकरण प्रदान गरिएको जनाइएको छ ।

ISO 9001:2015 प्रमाणीकरण अन्तर्गत अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक तथा अन्य सहयोगी सेवाहरू समेटिएका छन् ।

यसले संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पतालको भनाइ छ ।वीरगञ्ज महानगरपालिका–१५, भेडियाही, पर्सामा अवस्थित National Medical College Pvt. Ltd. ले ISO 9001:2015 का सम्पूर्ण मापदण्डहरू पूरा गर्दै उक्त प्रमाणीकरण प्राप्त गरेको हो।

साथै, निर्धारित अवधिमा अनुगमन अडिटहरू सफलतापूर्वक सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ ।

यस अवसरमा अस्पताल व्यवस्थापनले उक्त प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न, कार्यप्रणाली व्यवस्थापनलाई प्रभावकारी बनाउन, प्रक्रिया–केन्द्रित तथा सेवाग्राही–केन्द्रित सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

साथै दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय स्तरअनुरूप सेवा प्रणाली कार्यान्वयनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको भनाइ छ ।

अस्पतालका प्रबन्ध निर्देशकले “ISO 9001:2015 प्रमाणीकरण हाम्रो अस्पतालका लागि केवल उपलब्धि मात्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण हो,” भन्दै बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।

अस्पताल नेतृत्वले ISO प्रमाणीकरणलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर प्रयासरत रहने जनाएको छ।

यस उपलब्धिसँगै National Medical College Teaching Hospital क्षेत्रकै अग्रणी स्वास्थ्य तथा चिकित्सा शिक्षा संस्थाका रूपमा थप स्थापित भएको विश्वास गरिएको छ।

  • Bishnu Timalsina

    Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ् सहित…

    नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथा आरोहणमा नयाँ किर्तिमान बनाएकोमा कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले दुवै आरोहीलाई बधाई दिदै उनीहरूले फेरि विश्वलाई…

    पहिलो

    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    • May 18, 2026
    • 19 views
    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

    • May 18, 2026
    • 20 views

    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    • May 18, 2026
    • 24 views
    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    • May 18, 2026
    • 20 views
    राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    अमेरिकामा हवाई दुई लडाकु विमान आपसमा ठोक्किए

    • May 18, 2026
    • 22 views
    अमेरिकामा हवाई   दुई लडाकु विमान आपसमा ठोक्किए

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    • May 18, 2026
    • 24 views
    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल