दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २४ असोज । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजले बिहीबार बीरगंज महानगरपालिका वडा नं. १६, स्थित रहेको भन्सार मेन गेट बाट भारी मात्रामा नेपालमा प्रतिबन्धित अबैध पटका सहित एउटा गाडी आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको टोलीले बीरगंज भन्सार मेनगेट अगाडि चेकप्वा ईन्ट टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बा १२ च ३१०३ नम्बरको Hyundai Xcent कारलाई चालकले छाडी फरार भएको र उक्त कारलाई चेक जाँच गर्दा कार भित्र ९ वटा कार्टुनमा डिकी भित्र राखी लुकाई छिपाई रु. ५० हजार बराबरको पटाकाहरु फेला परेको हुँदा आवश्यक प्रकृया पुरा गरि पटका पानिमा हालि नष्ट गरिएको र सो कार्यमा प्रयोग गरिएको कारको रु. १८ लाख मूल्यांकन गरी आवश्यक कार्वाहिको लागी आज बीरगंज भन्सार कार्यामा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्की ले बताएका छन् ।








