पढ्नेसँगै कमाउने कार्यक्रम चाहन्छन् विद्यार्थी

भजनी ५ साउन : कैलाश भट्ट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विषय अध्ययन गरिरहनुभएको छ । करिब पाँच वर्ष कृषि विज्ञान विषयको अध्ययन गर्नुभएका उहाँ यही साउन ७ गतेदेखि अन्तिम परीक्षाको तयारीमा हुनुहुन्छ । पाँच वर्ष अध्ययनमा बिताउनुभएका उहाँ परीक्षा सकेपछि के गर्ने भन्ने अन्योलमा हुनुहुन्छ ।

“कृषि तर्फबाट स्नातक तहसम्मको अध्ययन सकियो । नतिजा आउन समय लाग्ने हुँदा बीचको समय के गर्ने भन्ने योजना बन्न सकेको छैन ।” उहाँ भन्नुहुन्छ, “विद्यार्थीलाई पढाईसँगै कमाउने वातावरण बनाउन सके कृषि प्राविधिक स्वदेशमै काम गर्ने वातावरण बन्न सके के गर्ने भन्ने सोच्नुपर्ने थिएन होला ।”

पढ्ने अनि सँगै कमाउने वातावरण विद्यार्थीका लागि भए कृषि क्षेत्रमा विद्यार्थीहरुको आकर्षण बढ्ने विद्यार्थी प्रमिला शर्मा बताउँनुहुन्छ । कृषिमा उत्पादन भएको जनशक्ति व्यवस्थापन हुन नसक्दा कृषिमा अवसर हुँदाहुँदै पनि त्यो अवसरका लागि हुन नसकेको उहाँको भनाइ छ । ‘झण्डै पाँच वर्ष हामी कृषि विषय अध्ययन गर्दछौं, अध्ययन गर्दा समय र लगानी धेरै हुन्छ । ” उहाँले भन्नुभयो,“ सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढ्दै कमाउने वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्छ ।” विद्यार्थी पार्वती ओली कृषि संकायका विद्यार्थीलाई सैद्धान्तिक ज्ञान पढाएर व्यवहारिक ज्ञान सिक्न यहाँका किसानसम्म जोड्नुपर्ने बताउँनुहुन्छ । सैद्धान्तिक ज्ञानले विद्यार्थीको सिकाइ समयसापेक्ष नहुने जनाउँदै प्रयोगात्मक सिकाइको अभाव आफुहरुलाई महसुस भएको उहाँको भनाइ छ । “हामी चार वर्ष सैद्धान्तिक कुराहरु पढ्छौं तर हामीलाई प्रयोगात्मक ज्ञान सिक्ने ठाउँ छैन ।” उहाँले भन्नुभयो, “हामीले पढेको सिकाइ र किसानको बारीमा गएर किसानबाट सिकेको कुरा फरक हुने गरेको छ । त्यसैले हामीले प्रयोगात्मक सिकाइका लागि किसानकै बारीमा जाने वातावरण स्थानीय सरकार र सरोकारवालाले मिलाउन सक्नुपर्छ ।” किसानलाई उद्यमशीलतातर्फ जोड्नुपर्नेमा जोड दिँदै अर्का विद्यार्थी दुर्गा बोगटीले वास्तविक किसानलाई सम्मानको खाँचो रहेको बताउनुभएको छ । पाँच पहिना प्रयोगात्मक सिकाइको लागि किसानसँग नजिक भएर अध्ययन गर्नुभएकी उहाँले वास्तविक किसान हरेक दृष्टिकोणले पछाडि रहेको बताउनुभयो । “कृषि गर्नेलाई सम्मान छैन, अनुदान वास्तविक किसानले पाउँदैन, पाए पनि प्रक्रिया निकै झण्झटिलो छ, बजारको समस्या उस्तै छ ।“ उहाँ भन्नुहुन्छ, “किसानले उत्पादन गरेको वस्तु बजारीकरणमा समस्या हुँदा उपभोक्ताले त्यसको मार खेप्नुपरेको देखिन्छ । स्थानीय सरकारले सहजीकरण गर्ने हो भने किसानहरूले उत्पादन गरेको वस्तुले राम्रो बजार पाउन सक्छ ।” किसानहरूसँग जोडिएर आफुहरुले काम गर्न चाहेको बिद्यार्थीहरुको भनाइ छ । उहाँहरुले स्थानीय स्थानीय सरकारलाई निश्चित समयको लागी स्वयंसेवकको रुपमा रहेर काम गर्न तयार रहेको बताउनुभयो । सैद्धान्तिक भन्दा शिक्षा पद्धति प्रयोगात्मक तिर केन्द्रित भए पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना हुनसक्ने विश्वास विद्यार्थीहरुको छ । “प्रयोगात्मक शिक्षाले सिकाईमा सहहताका साथै आफ्नो दैनिक खर्च व्यवस्थापन पनि हुनसक्छ ।“ बिद्यार्थी नवीन भुसालले भन्नुभयो, “अध्ययनलाई उत्पादनसँग जोडन सकिएन भने आगामी दिनमा क्याम्पसहरुमा बिद्यार्थी पाउन मुस्किल हुने स्थिति आउने देखिन्छ ।” सुदूरपश्चिम विश्वविद्यालय कृषि बिज्ञापन संकायका प्रमुख सुशील न्यौपानेले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन नसक्दा कृषिमा उत्पादन भएको जनशक्ति बाहिर जानुपर्ने बाध्यतामा रहेको बताउनुभएको छ । उहाँले अवसरको खोजीमा भएकाहरुले सहजै अवसर नपाउँदा शिक्षाको औचित्य माथी प्रश्न उठेको जनाउँदै अहिले कृषिबाट उत्पादन भएको जनशक्ति पनि त्यहीँ स्थितिमा रहेको बताउनुभयो । “देशभर वार्षिक दुई हजार दक्ष जनशक्ति कृषि क्षेत्रमा मात्रै उत्पादन हुने गरेको छ । त्यसमध्ये बढीमा एक सय जनाले स्वदेशमा कामको अवसर पाउँछन् होला ।” उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा सम्भावना नहुँदा आज विद्यार्थी उच्च शिक्षामा भन्दा विदेश जान बढी इच्छुक भैरहेका छन् । ” टीकापुर बहुमुखी क्याम्पस प्रमुख ढविन्द्रबहादुर रावलले कृषि क्षेत्रलाई संस्कारको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बजारको आवश्यकता अनुसार कृषि उत्पादनले प्राथमिकता नपाएका कारण परनिर्भरता कायमै रहेको बताउनुभएको छ । “सम्भावनासँग चुनौती जहाँ पनि हुन्छ । त्यो चुनौतीको सामना गर्न सक्यो भने त्यसबाट नतिजा पनि सकारात्मक आउँछ ।” क्याम्पस प्रमुख रावलले भन्नुभयो, “आत्मनिर्भर बन्नका लागि व्यावसायिक बन्न सक्नुपर्छ । अहिले पनि नेपालको कृषि क्षेत्र व्यावसायिक नबनेर परम्परागतमै सिमित छ । ” सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायले पुराना लोप हुन लागेका रैथाने जातका बालीको संरक्षणका लागि काम सुरु गरेको छ । संकायले केही रैथाने जातको खेतीको लागि अध्ययनको काम समेत सुरु गरेको बताएको छ । हाल कागुनु लगायत केही पुराना जातका बालीको परिक्षण कृषि संकाय गरिरहेको छ । –––

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 59 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल