पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख

बागलुङ । सरकारको एक सय पर्यटकीय गन्तव्य स्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु. ६४ लाख संकलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम संकलन भएको हो ।

गाजाको दह संरक्षणमा पर्याप्त लगानी नगर्दा क्रमशः दह सुक्दै गएको गएको र मन्दिर पनि जीर्ण भएको भन्दै स्थानीयले महायज्ञ आयोजना गरेर रकम संकलन गरेका छन् । गाजा दहको प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गर्न यही मङ्सिर ८ गतेदेखि सुरु भएको उक्त महायज्ञ मङ्सिर १४ गते सम्पन्न भएको हो ।

गाजा दह क्षेत्रमा पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नगदका साथै अन्य बागदान र जिन्सी सामानको मूल्यांकनपछि मात्र सहयोगबारे भन्न सकिने महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप पर्तेलले जानकारी दिए ।

संकलित रकमले बागलुङको जैमिनी र गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको शिरमा पर्ने गाजाको दहमा रहेको सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुनर्निर्माण गरिनेछ । गाजा दहको एकीकृत विकासका लागि गुरुयोजना बनाएर विकास गर्ने लक्ष्य रहेको सिद्ध बराह मन्दिर संरक्षण समिति अध्यक्ष लोकबहादुर छन्त्यालले जानकारी दिए ।

महायज्ञमा प्रमुख वाचकका रूपमा शिवदत्त रेग्मीले धार्मिक प्रवचन गरेका थिए । महायज्ञमा संकलन भएको रकम गाजा दहको प्रचारप्रसार, पूर्वाधार र सिद्ध बराहको पुनर्निर्माण गरिनेछ ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 52 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 46 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 34 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 52 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 41 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 56 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य