बिर्तामोडका छ वटा सडक धमाधम स्तरोन्नति हुँदै

झापा । बिर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ भने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

सहरी विकास मन्त्रालयले बिर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा रु. १३ करोड बजेट विनियोजन गरेको थियो । उक्त रकममध्ये रु. छ करोड ३१ लाख ३२ हजार ६०२ को लागतमा छ वटा सडक कालोपत्र थालिएको छ । बाँकी रकम बाँकी रकम वडा नं. ६ को हरियाली सामुदायिक वनमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण जारी छ । उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ ।

नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १,२,३,६ र ८ का केही सडक कालोपत्र भइरहेका छन भने केहीको स्तरन्नति एवं कालोपत्रका निम्ति पूर्वतयारका काम जारी छन् । वडा नम्बर १ को धर्म काँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सो सडकमा विद्युतका खम्बा व्यवस्थापन भइरहेको छ ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराट पोखर विद्यालयसम्मको सडक र वडा नम्बर ८ को गरामनी-कटहर डाँगी-हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ । हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ता बजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 45 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 72 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 110 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 95 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 104 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-