पर्यटन व्यवसायी श्रेष्ठको निधन

काठमाडौँ, ३ असारः वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । द्वारिकाज होटल एन्ड रिसोर्टकी अध्यक्षसमेत रहनुभएकी श्रेष्ठको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज निधन भएको उहाँको परिवारले जनाएको छ । निमोनिया र बाथ रोगबाट पीडित श्रेष्ठ दुई महिनादेखि उपचाररत हुनुहन्थ्यो ।

विगत ६५ वर्षदेखि होटल तथा पर्यटन व्यवसायमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । होटल तथा पर्यटन व्यवसायी श्रेष्ठले चार वर्षअघि क्यान्सर रोगलाई जित्नुभएको थियो । उहाँका दुई छोरी हुनुहुन्छ । उहाँको श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएकी श्रेष्ठको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

  • Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    काठमाडौँ । इरानले अमेरिकासँग वार्ताको सम्भावना भइरहेकै बेला कडा अडान सार्वजनिक गर्दै युद्धक्षेत्रमा नयाँ रणनीति अपनाउने तयारी गरेको जनाएको छ । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत अमेरिकाको…

    पहिलो

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 19 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 21 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 19 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 17 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 20 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

    • April 21, 2026
    • 21 views
    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम