पर्सा प्रहरी द्वारा एक हजार चार सय भारतीय कुखुराको चल्ला पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १५ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आज बिहान करिब ०५:१५ बजेको समयमा १३ कार्टुन भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।

एक्का बिहानै अबैध रुपमा तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपाल तर्फ भित्राउँदै गरेको अवस्थामा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०३ को छठीया घाट स्थित सडक खण्डमा भारतीय कुखुराको चल्ला १३ कार्टुनमा १ हजार ४ सय गोटा ल्याउदै गरेको अवस्थामा त्यहाँ बाट खटी गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी भागी फरार भएकोले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै बिहान करिब ११:३० बजेको समयमा पशु क्वारेन्टाइन चेक पोष्ट, सिर्सिया पर्सामा बुझाइएकोमा उल्लेखित चल्लाहरु पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया द्वारा नष्ट गरिएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 15 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 29 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि