पर्सा-बारा करिडोरका ७ सिमेन्ट उद्योग बन्द

काठमाडौँ । ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा तथा बजार साँघुरिदै गएपछि पर्सा-बारा औद्योगिक करिडोरका एक दर्जनमध्ये ७ वटा सिमेन्ट उद्योग बन्द भएका छन् । तीन वर्षयता यहाँका सिमेन्ट उद्योग बन्द धमाधम हुन थालेका हुन् ।

हालसम्म कलश, इन्टरनेशनल, रिलायन्स, एडवान्स, आरएमसी, कृष्णा, स्टार सिमेन्ट उद्योग बन्द भइसकेका छन् । विश्वकर्मा, त्रिशक्ति, अम्बे, शुभश्री जगदम्बा र शालिमार सिमेन्ट उद्योग मात्र हाल आंशिक क्षमतामा सञ्चालनमा छन् ।

कलश सिमेन्ट उद्योगका सञ्चालक एवम् वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले आर्थिक शिथिलतापछि निर्माण कार्य ठप्प प्रायः भएको र होङ्शी, हुवासिन जस्ता ठूला उद्योग आक्रामक रूपले आएपछि प्रतिस्पर्धा गर्न नसक्दा करिडोरका सिमेन्ट उद्योग बन्द हुन थालेको बताए ।

कतिपय ठूला सिमेन्ट उद्योगले भारत तर्फ निकासी गरिरहँदा पर्सा-बारा करिडोरका उद्योगले भने मूल्यमै प्रतिस्पर्धा गर्न नसकेको अग्रवालको भनाई छ ।\

करिडोरका साना सिमेन्ट उद्योगहरू ५० देखि १ सय करोड र ठूला उद्योग २ सयदेखि ३ सय करोड रुपैयाँ लगानीमा स्थापना गरिएको अग्रवालले बताए । करिडोरका ७ सिमेन्ट उद्योगहरू बन्द हुँदा १ हजार जनाले प्रत्यक्ष रूपमा रोजगारी गुमाएको पनि उनले बताएका छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल