दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १८ श्रावण । पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका वडा नं. ०५, शंकरसरैया मा आफ्नै श्रीमतीलाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ०६:३० बजेको समयमा जितेन्द्र माझी मुसहरले घरायसी वाद-विवादका कारण मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती वर्ष २४ की असपतलीया देवी मुसहरलाई हात, मुक्का तथा लठ्ठीले घाँटी समेतमा प्रहार गरी कर्तव्य गरी मारेका थिए ।
घटना पश्चात् अस्थायी प्रहरी पोष्ट, शंकरसरैया लाई सूचना प्राप्त हुना साथ तत्कालै नजिकका प्रहरी युनिटहरूलाई जानकारी गराइ चारै तर्फ भाग्न उम्कन सक्ने सीमा क्षेत्रहरूमा कर्डन गरी घटनास्थलमा त्यहाँ बाट प्रहरी सहायक निरीक्षक विकाउ साहको कमाण्डमा प्रहरी टोली खटि गइ निज प्रतिवादी जितेन्द्र माझी मुसहरलाई घेराबन्दी गरी नियन्त्रणमा लिएको थियो ।
साथै इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली बाट SoCo सहितको प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि गइ घटनास्थल लास जाँच मुचुल्का लगायतका सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरी मृतक लास पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइ पक्राउ प्रतिवादी वर्ष ३२ को जितेन्द्र माझी मुसहरलाई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्ध ज्यान सम्बन्धि कसूर ( कर्तव्य ज्यान ) मुद्दामा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।








