पलाँतामा टेलिकमको टावर सञ्चालन

मान्म(कालीकोट) । कालीकोट दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । पलाँता गाउँपालिकामा सञ्चारको सेवा नपुगेका कारणले सञ्चारको सेवा पुर्‍याउनका लागि नेपाल टेलिकमको टावर स्थापना गरिएको छ ।

पलाँता गाउँपालिका-४ को रिज्जेव डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । टावर जडान भएपछि पलाँता गाउँपालिकाको ९० प्रतिशत ठाउँमा सञ्चारको पुग्ने दूर सञ्चार कार्यालय कालीकोट कार्यालय प्रमु प्रेमसिंह विष्टले बताए ।

“गाउँपालिका–२, ३, ४, ५, र ६ मा सबै क्षेत्रमा काम गर्नुका साथै पचालझरना गाउँपालिकामा समेत सञ्चार सेवा पुग्नेछ”, उनले भने, “दुर्गम क्षेत्रमा सञ्चारको सेवा पुर्‍याउने लक्ष्य अनुसार टावरको स्थापना भएर सञ्चालनमा आएको हो ।” टावरको सञ्चालनमा आएसँगै नेपाल टेलिकमको फोरजी र फाइभजी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको गाउँपालिका-४ का वडाध्यक्ष तिलक बुढाले जानकारी दिए ।

“गाउँमै फोरजी फाइभजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालन हुन लागेको छ,” उनले भने, “यसले यहाँका सञ्चारको सेवाबाट वञ्चित नागरिकलाई राहत दिनेछ ।”

यहाँ सञ्चार सेवा तथा इन्टरनेट सेवा नहुँदा नागरिकलाई निकै सास्ती भएको र सूचना प्रवाहबाट नागरिक वञ्चित हुनुपरेको टेलिकम टावर स्थापनाले सहज हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायले बताए ।

  • Related Posts

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    काठमाडौँ । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। व्यवसायी शेखर गोल्छा पक्राउ…

    पहिलो

    नेशनल मेडिकल कलेज द्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, हजारौं बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • April 24, 2026
    • 47 views
    नेशनल मेडिकल कलेज द्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, हजारौं बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    • April 24, 2026
    • 27 views
    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    • April 24, 2026
    • 18 views
    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    • April 24, 2026
    • 22 views
    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    • April 24, 2026
    • 13 views
    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ