पशु चिकित्सकले भने-भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन्, मासु खान समस्या छैन 

काठमाडौँ । पोखरामा यस वर्ष दशैंमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसी बोका बिक्रीका लागि ल्याइएको छ।

पोखरामा वर्षौँदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ । यसबाहेक दशैंमा खसी बोकाकोसमेत राम्रो बिक्री वितरण हुने गर्दछ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका अनुसार दशैंमा १५ हजारको संख्यामा भेडा, च्याङ्ग्रा र खसी बोका चार हजार हाराहारीमा बिक्री गर्न ल्याइएको हो। यस वर्ष गत वर्षभन्दा तीन हजार बढी भेडा, च्याङ्ग्रा ल्याइँदै छ। गत वर्ष आठ हजार पाँच सय खसी बोका ल्याइकामा यस वर्ष घटेको छ।

‘हामीले लिएको तथ्यांक अनुसार यस वर्ष १९ हजारको हाराहारीमा पोखरामा खसी बोका र भेडाच्यांग्रा पोखरामा बिक्रीका लागि ल्याइएको छ। मुस्ताङ र म्याग्दीस्थ्ति भेटेरिनरी अस्पतालमा कति बाहिरिए भन्ने तथ्यांक र बजारमा व्यापारीसँग जानकारी लिएका छौँ,’ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भने।

पोखरामा मुख्य गरी मुस्ताङ, डोल्पा, रोल्पाबाट भेडा, च्याङ्ग्राको आयात हुने गर्दछ । त्यसबाहेक सुदूरपश्चिमका बझाङ, मुगु, बाजुरालगायत क्षेत्रबाट यहाँ बिक्रीका लागि ल्याउने गरिएको छ।

पोखरा खसी बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्ष खसी बोकाको बिक्री घटेको बताए। माग कम भएपछि आफूहरूले आयातसमेत घटाएको उनले बताए। ‘अघिल्ला वर्षमा हामीले आठ/नौ हजार जति खसी बोका ल्याउने गरेका थियौँ। तर अहिले माग छैन। पहिलाको भन्दा आधा मात्र ल्याएका छौँ।’

पोखरामा तनहुँ, गोरखा, पाल्पा, अर्घाखाँची र नवलपरासीबाट मुख्य गरी खसी बोका आयात हुने गर्दछ। केही व्यापारीले दाङ र सुर्खेतबाट ल्याउने गरेका छन्। दशैंतिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडाच्यांग्राको अनुगमन तथा स्वास्थ्य परीक्षणसमेत गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र पोखरा महानगर पशुसेवा शाखाले संयुक्त रूपमा अनुगमन तथा भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरेका हुन्।

पोखरा महानगरपालिका-१ सिमपानी तथा जौवारीमा पशु चिकित्सकसहितको प्राविधिक टोलीले नमुनाका रूपमा च्याङ्ग्राको परीक्षण गरेको हो। परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पाण्डेले बताए।।

‘सुरुआतमै रोग लागे नलागेको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रीका लागि आउने ल्याउने गरिएको छ। मुस्ताङ र म्याग्दीमा परीक्षण गरेर पोखरा ल्याइन्। बाटोमा सामान्य चोटपटक लागेको हुन सक्छन्। अन्य समस्या देखिएको छैन,’ उनले भने।

पोखरा महानगर पशु शाखाका प्रमुख डा. अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा, च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताए।

अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्दा एकाधमा चोटपटक लागेको देखिएको बाँके अन्य सङ्क्रामक रोग देखिएको छैन। ‘पोखरामा ल्याइएका भेडा, च्याङ्ग्रा स्वस्थ रहेका छन्। खर्कमा हुर्किएकाले समस्या देखिएको छैन,’ पशु चिकित्सक विकले भने।

नेपाल पशु स्वास्थ्य ऐनले गरेको व्यवस्थाअनुसार पशु ढुवानीअघि दर्तावाल पशु चिकित्सकले जाँच गरेर स्वस्थ रहेको प्रमाणित गरेपछि मात्र ढुवानी गर्न पाइन्छ।

‘जहाँबाट हिँडाइन्छ त्यहीँ नै स्वास्थ्य परीक्षण गरेर रोगी छ भने त्यहीँ रोकिन्छ,’ पाण्डेले भने।

दशैंको समयमा हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासु लोकप्रिय मानिन्छ। चिसो हावापानीमा हुर्किएका र जडीबुटीसमेत खाएका कारण मासु स्वादिष्ट र स्वास्थ्यवर्दकसमेत रहेकाले रोजाइमा पर्ने गरेको छ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 37 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि