पहिरो पीडित परिवारलाई सहयोग

कास्की, ३१ असार : जिल्ला प्रशासन कार्यालय कास्कीले यही असार २७ गते पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई सहयोग प्रदान गरेको छ ।

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी घटनास्थलमा पुगेर सो रकम प्रदान गर्नुभएको हो । पहिरोमा परी मृत्यु भएका कुलबहादुर परियार, लक्षिमा परियार, मनकुमारी परियार र प्रश्ना परियारका परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख तथा गण्डकी प्रदेश सरकारबाट रु दुई लाख प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पहिरोमा परेर कुलबहादुरका नाबालक छोरा पवन बाहेकका परिवारका अन्य सदस्यहरुको निधन भएकाले प्रदान गरिएको राहत रकम दुरुपयोग हुन नदिन उहाँको नाममा बैँक खाता खोलेर राख्ने व्यवस्था मिलाउन प्रजिअ पाण्डेले निर्देशन दिनुभयो । पहिरोले घर पूर्णरुपमा क्षति भएकाले आवास पुनःनिर्माण प्रक्रिया अघि बढाउन उहाँले वडा कार्यालयलाई निर्देशन दिनुभयो । यसैगरी सोही घटनामा परी मृत्यु भएका कुलबहादुरका बिबाहित छोरी प्रभा र ज्वाइँ अस्मित परियारको राहत रकम नजिकको हकदार आवश्यक कागजातसहित सम्पर्कमा आएपछि प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 88 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल