पाइलटबाहेक कोही बाँचेनन्, १८ जनाको शव निकालियो (सूचीसहित)

काडमाडौं– आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए ।

चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिएन ।

परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र थिए ।

पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो ।

आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानस्थल स्रोतका अनुसार जहाजमा चालक दलका दुईजना सदस्य, सौर्यका कर्मचारी र इन्जियनियर सवार थिए ।

विमानमा चालक दलका दुई सदस्यका साथै एक महिला र १६ पुरुष गरी १७ जना सौर्य एयरलाइन्सका कर्मचारीहरु चढेका थिए । उनीहरुमध्ये एकजना विदेशी थिए ।

परीक्षण उडान भनिए पनि ठूलो संख्यामा स्टाफहरु चढेका कारण ठूलो मानवीय क्षति भएको छ ।

विमानका पाइलट क्याप्टेनसहित अन्य तीनजनालाई जिवितै उद्धार गरिएको र १५ जनाको निधन भएको प्रहरीले जनाएको थियो । तर, नागरिक उड्डयन प्राधिकरणले भने एक क्याप्टेन बाहेक १८ जनाको मृत्यु भएको बताएको छ ।
विमानमा सवार सौर्य एयरलाइन्सका कर्मचारीहरुको सूची यसप्रकार छ–

अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवाल र क्याप्टेन मनिष शाक्य (जीवित उद्धार गरी अस्पताल भर्ना)

हेर्नुस्‌ सौर्य एयरलाइन्सको सूची :

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल