पाकिस्तानको टेस्ट टोलीबाट बाबरसहित ४ खेलाडी बाहिरिए

काठमाडौँ । इंग्ल्याण्डविरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा केही महत्त्वपूर्ण परिवर्तन गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दोस्रो र तेस्रो टेष्टका लागि बाबर आजम, शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई टोलीबाट हटाएको हो ।

अब्रार अहमदलाई डेंगु संक्रमण भएको बोर्डले जनाएको छ । यी खेलाडीको ठाउँमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । त्यस्तै, मोहमद अलि र अफ स्पिनर सजिद खानलाई पनि टिममा सामेल गरिएको छ ।

पाकिस्तान र इंग्ल्याण्डबीच मुल्तानमा भएको पहिलो टेस्ट म्याचको पहिलो इनिङ्समा पाकिस्तानले ५५६ रन बनाएर पनि पराजित भएको थियो । बाबर आजमले यो खेलमा आफ्नो टिमको लागि खासै योगदान गर्न सकेनन् । उनले पहिलो इनिङ्समा ३० रन र दोस्रो इनिङ्समा पाँच रन मात्र बनाएका थिए ।

दोस्रो र तेस्रो टेस्ट खेलका लागि पाकिस्तानको टेस्ट टोलीमा शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अलि, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अलि, सैम अयुब, साजिद खान, सलमान अलि आगा र जाहिद महमूद रहेका छन् ।

  • Related Posts

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 25 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 75 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 54 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 64 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 52 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 39 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा