पूर्वीनाकाबाट पर्यटक आगमन बढ्यो

झापा । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए ।

अक्टुबर महिनामा तेस्रो मुलुकका नागरिकको आगमन बढेर ६ सय तीन पुगेको उनले जानकारी दिए । आगामी दिनमा आगमन अझ बढ्ने सम्भावना छ । भारत सरकारले कोरोना महामारी सुरु भएदेखि काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीबाट तेस्रो मुलुकका नागरिकलाई आउजाउ गर्न निषेध गर्दै आएको थियो । नेपालको निरन्तर दबाबपछि यही अगस्तदेखि तेस्रो मुलुकका नागरिकको आवतजावतका लागि भारतले नाका खुला गरेको हो ।

भारतको पानीटङ्की नाका हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकमा भुटानीको सङ्ख्या अधिक रहेको छ । विगतमा बङ्गलादेशी नागरिकको लर्को लाग्ने गरेकामा हाल बङ्गलादेशी नागरिकको आगमन नगण्य छ । अध्यागमन अधिकृत भट्टराईका अनुसार सेप्टेम्बर महिनामा नेपाल प्रवेश गरेका दुई सय ८७ जना तेस्रो मुलुकका नागरिकमा भुटानीको सङ्ख्या एक सय ६८ र अमेरिकी ५४ र अस्ट्रेलियन चार जना रहेका छन् ।

यसैगरी, अक्टोबरमा तेस्रो मुलुकबाट नेपाल आएकाको कुल सङ्ख्या ६ सय तीन रहेकामा भूटानी तीन सय ४६, अमेरिकी एक सय ३० र अस्ट्रेलियन २३ जना रहेको भट्टराईले बताए । “काँकडभिट्टा नाका भएर आउने तेस्रो मुलुकका नागरिकमध्ये आधाजसो भूटानी नागरिक छन्,” अध्यागमन अधिकृत भट्टराईले भने, “धेरैजसो भूटानी नागरिक धार्मिक तीर्थाटन र थोरै जसो भेटघाटका लागि आउनु हुँदो रहेछ ।”

घुमफिरका लागि आउने भूटानी नागरिकहरूले लुम्बिनी, फर्पिङ र हलेसी जाने बताउने गरेका छन् । भूटानीसहित सार्क मुलुकका नागरिकका लागि काँकडभिट्टा नाकामै ‘अनअराइभल भिसा’ जारी हुने व्यवस्था छ भने एक वर्षमा एक खेपमा ३० दिन अवधिसम्मको भिसा निःशुल्क हुने गरेको छ । “सार्क मुलुकका नागरिकका लागि एक भिसा वर्षमा ३० दिनसम्म निःशुल्क भिसा प्रदान गरिने व्यवस्था छ,” भट्टराईले भने, “यो निःशुल्क सुविधाको भूटानी नागरिकले लाभ लिएको देखिन्छ । तीस दिनभन्दा बढी अवधिका लागि भिसा दिनु परेमा प्रत्येक दिनको तीन अमेरिकी डलरका दरले भिसा शुल्क लिने गरिएको छ ।” गैरआवासीय नेपाली नागरिक र शरणार्थीका रूपमा तेस्रो मुलुकमा पुनर्स्थापना भएका भूटानी नागरिकले नेपाल आउनका लागि काँकडभिट्टा नाका प्रयोग गर्न रुचाउने गरेको पाइन्छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 62 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views