‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’

सिरहा । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता लिलानाथ श्रेष्ठले वर्तमान सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको बताएका छन्।सिरहाको नवराजपुरमा एमाले गाउँपालिका कमिटीद्वारा विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा इद पर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले हुलाकी सडक तथा अन्य सडकको कालोपत्र, नाली निर्माण, पालिका भवन निर्माणलगायतका संरचना बनाउन संघीय सरकारले प्राथमिकतामा राखेको छ भने ।

उनले भने, “तराई मधेस समृद्ध कार्यक्रमअन्तर्गत सुनकोसी कमला डाइभर्सन परियोजना अबको लक्ष्य हो । यसबाट मधेसको हजारौँ बिघा खेतीयोग्य जग्गा सिँचाइ गरी यहाँका किसानको उत्थान हुने हामीले विश्वास लिएका छौँ ।”

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेश सरकार अग्रसर रहेको बताए ।

कार्यक्रममा सांसदहरू श्यामशङ्कर यादव, गङ्गाप्रसाद यादव, संविधानसभा सदस्य आशाकुमारी यादव, एमाले मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव, सुखीपुर नगरप्रमुख रामअवतार यादव ,भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवलगायत सिरहाको विकासमा एकजुट हुन आग्रह गरेका थिए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 61 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views