पोखराको दिगो सहरी यातायात व्यवस्थापनको नीतिगत व्यवस्था बारे छलफल

पोखरा । पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ ।

गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको सार्वजनिक यातायात सुधारसँगै दिगो व्यवस्थापनका लागि विद्युतीय सवारीमा जोड, चार्जिङ् स्टेसनहरू निर्माण, सार्वजनिक यातायात सेवा सम्बन्धी डिजिटल जानकारी, व्यवस्थित बस स्टपहरूको पूर्वाधार तयार गर्ने लगायत विषयमा छलफल भएको हो ।

पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार एसियाली विकास बैङ्कले प्राथमिकताका साथ यस क्षेत्रको यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनमा चासो दिएको हो । यसअघि नगर प्रमुख आचार्यले पनि आफ्नो मनिला भ्रमणका क्रममा एविडीको मुख्यालय पुगेर पोखरामा इमोविलिटी परियोजना सञ्चालनका विषयमा छलफल गरेका थिए ।

एसियाली विकास बैङ्क र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण सहायतामा नेपालमा यो परियोजना सञ्चालन गर्न लागिएको हो । यस मध्ये पोखरामा ४० मिलियन अमेरिकी डलर बराबरको परियोजना सञ्चालन हुनेछ ।

परियोजना सञ्चालनका लागि आवश्यक समन्वय तथा स्थानीय व्यवस्थापनको कार्य पोखरा महानगरपालिकाले गर्ने नगर प्रमुख आचार्यले बताए । यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउनुका साथै वातावरण तथा पर्यावरणको संरक्षणमा समेत महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरे । नगर प्रमुख आचार्यले यातायात व्यवसायीहरूलाई सेवाको गुणस्तर सुधार गर्न र जनस्वास्थ्य तथा पर्यावरण प्रति सचेत बन्न आग्रह गरे ।

पोखरा लगायत समग्र गण्डकी प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन गर्ने गरी प्राधिकरण गठनका लागि कानुनी संरचना निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । एसियाली विकास बैङ्कका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामुर्ति नेतृत्वको प्रतिनिधि मण्डल परियोजनाका विषयमा भइरहेको छलफलमा सहभागी भएको छ ।

  • Related Posts

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यससँगै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने…

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ ।  ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 14 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 14 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 15 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 14 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 16 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ