रास्वपा नेता अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ ।

बुधबार नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेकोमा बिहीबार अदालतमा हाजिर गराएको जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार तथा गालीगलौज गरेको आरोपमा साइबर ब्युरोले पाँडेलाई बुधबार नियन्त्रणमा लिएको थियो ।

एक महिलाले पाँडेविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीका अनुसार, उजुरी दर्ता भएपछि र पक्राउ पुर्जी जारी भएपछि पाँडे बुधबार साँझ आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए । ब्युरोले बुधबार नै म्याद थपका लागि अदालतमा प्रस्तुत गर्ने तयारी गरे पनि समय अभावका कारण बिहीबार मात्र उपस्थित गराइने जनाएको छ ।

वातावरणविद्का रूपमा परिचित डा. पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । रास्वपा सरकारमा सहभागी हुँदा उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    १- सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग अवैध रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका हुन् । वैशाख ३…

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 7 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 12 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई

    • April 28, 2026
    • 10 views
    सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई

    धादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालन

    • April 28, 2026
    • 11 views
    धादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालन

    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    • April 28, 2026
    • 18 views
    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ