पोखराको बाँझो जग्गामा कागतीखेती

गण्डकी । पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् ।

गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रूपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए ।

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् ।

कार्यक्रमका लागि कुल लागत रु सात लाख ८१ हजार चार सय रहेकामा आयोजनाबाट रु तीन लाख ९० हजार सात सय स्वीकृत अनुदान रहेको छ भने रु तीन लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्नेछन् । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ ।

  • Related Posts

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    काठमाडौँ  । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ । सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो…

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने पाल्पा…

    पहिलो

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 14 views
    • April 25, 2026
    • 20 views

    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    • April 25, 2026
    • 17 views
    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    • April 25, 2026
    • 15 views
    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 26 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 23 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !