पोर्चुगलमा घुम्ती सेवाबाट २ हजार चार सय बढी नेपालीले लिए सेवा 

पोर्चुगल । पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् ।

फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट दुई हजार चार सय ६८ सेवाग्राहीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा लिएका हुन् ।

घुम्ती सेवाबाट दुई हजार चार सय ४८ प्रहरी चारित्रिक प्रमाणपत्र, १६ शैक्षिक प्रमाणपत्र, २० व्यक्तिगत घटना दर्ता, दुई यात्रा अनुमतिपत्र र एक मञ्जुरीनामाको प्रमाणीकरण गरी दुई हजार चार सय ६८ जनालाई सेवा प्रदान गरिएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए।

शिविरबाट दुई लाख ४६ हजार छ सय ४० युरो अर्थात् रु. तीन करोड ६७ लाख नौ हजार नौ सय राजस्व संकलन भएको राजदूत भट्टराईले राससलाई बताए।

घुम्ती सेवामा दूतावासका नियोग उपप्रमुख सीता बस्नेत र तृतीय सचिव दिपेन्द्रप्रसाद साह खटिएको थियो । दूतावासको टोलीले अगष्ट ३० देखि सेप्टेम्बर ७ सम्म गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालयबाट कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली संघ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

घुम्ती सेवामार्फत कन्सुलर सेवा पाउँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ । घुम्ती सेवा सम्पन्न भए पनि पोर्चुगलका नेपालीको सहजताका लागि कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा भने पेरिस दूतावासबाट निरन्तर प्रवाह हुने राजदूत भट्टराईले बताए । आगामी दिनमा पनि राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्या देखा परेको खण्डमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी पुनः घुम्ती टोलीको व्यवस्था गरिने उनले बताए ।

यस अघि पोर्चुगलमा रहेका नेपालीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा नपाउँदा सास्ती खेप्नुपरेको समाचार सम्प्रेषण भएको थियो ।

गत महिना पनि राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 88 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल