प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज द्वारा श्रोत नखुलेको लाखौं रुपैंया सहित ३ जना भारतिय नागरिक र स्कार्पियो गाडी भन्सार चलान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ बैशाख । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले श्रोत नखुलेको लाखौं नेपाली रुपैयाँ सहित तीन जना भारतिय नागरीक तथा एउटा स्कर्पियो लाई आफ्नो नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

आज साँझ करिब ०७:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित वीरगञ्ज भन्सार कार्यालयको भन्सार चेक जाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि नेपाल तर्फ त्रिभुवन राजपथ सडक खण्डको वीरगञ्ज तर्फ जाने बाटोमा त्यहाँ बाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 22 P 8300 नम्बरको सेतो रङ्गको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीको सिट पछाडिको पकेट भित्र लुकाई छिपाई ल्याएको श्रोत नखुलेको नेपाली रुपैयाँ रु. ९ लाख ५९ हजार सहित उक्त गाडी तथा गाडीमा सवार भारतीय तीन जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रण हुनेमा भारतको पश्चिमी चम्पारण जिल्लाको, बेतिया ग्राम पंचायत, वडा नं. ०७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद, सोही जिल्लाको जौकटिया ग्राम पंचायत, वडा नं. १२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी तथा छाउनी चोक ग्राम पंचायत वडा नं. २७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई नियन्त्रणमा लिईएको तथा स्कर्पियो को रु. लाखको मूल्याङ्कन गरिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 34 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि