सिर्सिया नदी संरक्षणमा महानगर र उद्योग वाणिज्य संघको ऐक्यबद्धता, साझा पहलमा अघि बढ्ने सहमति-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १९ बैशाख । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले सुरु गरेको अभियानमा अब वीरगंज उद्योग वाणिज्य संघ पनि सहकार्य गर्दै अघि बढ्ने भएको छ ।

शुक्रबार वीरगंज महानगरपालिकामा आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह र उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघले सिर्सिया नदी संरक्षण तथा समग्र वातावरण सुधार अभियानमा सक्रियरूपमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको हो ।छलफलमा महानगर प्रमुख सिंहले सिर्सिया नदी वीरगंजको पर्यावरणीय र ऐतिहासिक सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र पुनर्जीवनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नु भयो, “सिर्सिया नदी हाम्रो सासजस्तै हो । यसको अस्तित्व संकटमा पर्नु वीरगंजको भविष्यमाथि खतरा हो । औद्योगिक फोहोर, नालाको अव्यवस्थित प्रवाह र जनसहभागिताको अभावले नदी मृतप्रायः बन्दै गएको छ । यसलाई जोगाउन अब हरेक तहबाट पहल हुनुपर्छ।

”प्रमुख सिंहले महानगरपालिकाले नदीको स्रोत संरक्षण, फोहोर व्यवस्थापन, जैविक पुनरुत्थान तथा जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी पनि दिनुभयो । साथै, हाल महानगरले अभियानकै रूपमा सञ्चालन गरिरहेको व्यवसाय कर, बहाल कर र सम्पत्ति कर तिर्ने अभियानमा उद्योग वाणिज्य संघको सहयोग रहने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । “नक्सा पास नगरी संरचना निर्माण नगर्ने प्रवृत्तिको विकास गर्नु आजको आवश्यकता हो । त्यसमा उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो ।

उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पनि संघ सिर्सिया नदी सफाइ अभियानमा महानगरसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाउनुभयो । उहाँले उद्योगहरूले वातावरणमैत्री प्रविधिको प्रयोग, फोहोरको उचित व्यवस्थापन र स्पष्ट कार्ययोजना बनाउने प्रक्रियामा अघि बढ्ने जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “पर्यावरणीय उत्तरदायित्वप्रति संघ गम्भीर छ ।

सिर्सिया नदीमा प्रदूषणको एक हिस्सा औद्योगिक फोहोर हो भन्ने हामी स्वीकार गर्छौं । अबदेखि हामी वातावरणमैत्री प्रविधि अपनाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने र महानगरसँग सहकार्यमा प्रष्ट योजना बनाउनेछौं ।”अध्यक्ष गौतमले कर प्रणाली र भवन निर्माण सम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा संघले भरपुर सहयोग गर्ने पनि बताउनुभयो । “कानुनी राज्यको सबल पक्ष भनेकै समयमै कर तिर्ने र नक्सा पास गरेर मात्रै संरचना निर्माण गर्ने अभ्यास हो । हामी त्यसको कार्यान्वयनमा दृढ छौं,” उहाँले भन्नुभयो ।

छलफलको प्रारम्भमा महानगर प्रमुख सिंहले हालै निर्वाचित अध्यक्ष गौतम तथा उनको टोलीलाई कार्यकक्षमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, वातावरणविद् र अन्य सरोकारवालाहरूले सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवलाल राजपाल, महासचिव शिवजी प्रसाद साह, नरेस टिबडेवाल, अनुप अग्रवाल, प्रेमचन्द गोयल लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले नेपाल कै पहिलो प्रवेश द्वारको रूपमा चिनिने पर्सा जिल्लाको मुटु मानिने वीरगंजको शंकराचार्य गेटमा १२ औं…

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०७ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 96 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 88 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 95 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 117 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 98 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 103 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-