फेलिक्सको ह्याट्रिकमा अल नासरको महत्वपूर्ण जित

काठमाडौँ । अल नासरले जारी साउदी प्रो लिगमा अल शबाबविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्सले ह्याट्रिक गरेका थिए भने एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । त्यस्तै अल शबाबका लागि यान्निक कारासको र अलि अल्बुलाहीले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको ३२ खेलमा ८२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अल हिलालको ३१ खेलमा ७७ अंक रहेको छ ।

अल नासरले यस सिजनको साउदी प्रो लिगमा अब दुई खेल खेल्न बाँकी रहेको छ । जसमा मे १२ मा अल हिलालसँग रहेको छ भने मे २१ मा डमाकविरुद्ध रहेको छ । अब अल नासरले अल हिलालविरुद्धको खेल जितेमा यस सिजनको लिग जित्ने छ ।

  • Related Posts

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    काठमाडौँ । नेपालको राष्ट्रिय ए क्रिकेट टिमले आज अमेरिकाको सामना गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदान हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ । नेपाल ए ले यसअघि विहिबार…

    एस्टन भिल्ला र एससी फ्रेइबर्ग युरोपा लिगको फाइनलमा

    काठमाडौँ । प्रिमियर लिग क्लब एस्टन भिल्ला र जर्मनी क्लब एससी फ्रेइबर्ग यस सिजनको युरोपा लिगको फाइनल खेल्ने भएका छन् ।  गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एस्टन भिल्लाले नोट्टीङघम फोरेस्टलाई…

    पहिलो

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 31 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 29 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 27 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    • May 8, 2026
    • 28 views
    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    सुनचाँदीको मुल्य बढ्यो

    • May 8, 2026
    • 16 views
    सुनचाँदीको मुल्य बढ्यो

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    • May 8, 2026
    • 26 views