बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको छ । वर्षौँदेखि बाटोघाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुरले एक किलोमिटर नयाँ ट्रयाक खोलेको हो ।

जितपुर–फेदी सडक सञ्चालनका लागि ट्रयाक खोलिएको कार्यालय प्रमुख इञ्जिनियर भूमिनन्द ढकालले जानकारी दिए । नयाँ ट्रयाक खोलिएसँगै सो क्षेत्रवासीलाई सदरमुकाम हेटौँडालगायत बजार आवतजावत गर्न सहज भएको छ । ‘‘डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्यै समस्यामा थियौँ”, बकैया गाउँपालिका–१२ का नीरज घलानले भने, “अब बाटोका लागि ट्रयाक खोलिएपछि आवतजावत गर्न सहज भएको छ ।” यस सडकलाई हेटौँडासम्म जोडिदियो भने सधैँका लागि समस्या समाधान हुने उनको भनाइ छ ।

सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडक कालोपत्र गरेको छ । सो कार्यालयका अनुसार आव २०८०/८१ मा मकवानपुरमा २८ किलोमिटर र चितवनका २२ किलोमिटरमा कालोपत्र गरिएको हो । ती दुवै जिल्लाका २५ वटा सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए।

उनका अनुसार सो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन चार वटा कल्भर्टको निर्माण सम्पन्न भएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आव २०८०/८१ मा चितवनको माडी र रत्ननगरमा दुई वटा पार्कसमेत निर्माण गरिएको प्रमुख ढकालले बताए ।

  • Related Posts

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    पहिलो

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 118 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 30 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 30 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 30 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 28 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 29 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल