बाँकेमा एक लाख १० हजार वृक्षरोपण

जानकी (बाँके), ८ साउनः डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीका अनुसार एक हेक्टर जमिनमा एक हजार छ सय बिरुवाका दरले वृक्षरोपण गरिएको हो । कृषि वन तथा बृहत्तर हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत गौरी सामुदायिक वन क्षेत्रको चार, जलहन सामुदायिक वन क्षेत्रको २२, जलनधारा सामुदायिक वन क्षेत्रको ११, भुवर भवानी सामुदायिक वन क्षेत्रको तीन दशमलव ८१ र सिद्धेश्वर सामुदायिक वनक्षेत्रको सात दशमलव ५३ गरी ४७ दशमलव ३४ हेक्टर खाली जमिनमा उक्त बिरुवा लगाइएको वन अधिकृत शाहीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी मितेरी सामुदायिक वनको ११ हेक्टर र समय भवानी सामुदायिक वनको पाँच हेक्टर गरी १६ हेक्टर जग्गामा वृक्षरोपण गरिएको बताउनुभयो ।

उहाँका अनुसार वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पोखरा माता सामुदायिक वन क्षेत्रको १३ हेक्टर खाली जमिनमा तारबार गरिएको र पाँच हेक्टर जमिनमा वृक्षरोपण गरिएको छ । उक्त खाली जमिनमा खयर, असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राज वृक्षलगायतका बिरुवा लगाइएको रोकाले बताउनुभयो ।

सूचना अधिकारी रोकाले ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार वृक्षरोपण तथा तारबार गर्न ६९ लाख ८० हजार खर्च भएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनारा, बगरलगायतका खाली क्षेत्रको पहिचान गरी वृक्षरोपण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार बिरुवा रोपिएको थियो ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि