साउन ३, काठमाडौं । बिभिन्न षडयन्त्र मार्फत पछिल्लो समयमा दक्षिण एसियाली मुलुकहरुसँग सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ ।
दक्षिण एसिया र केन्द्रीय एसियाली मुलुकहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीन यस क्षेत्रका मुलुकहरुसँग कनेक्टिभिटीको क्षेत्रमा बिआरआई मार्फत साझेदारी गर्न चाहेको उल्लेख गरे ।
कनेक्टिभिटीले मुलुकहरुलाई अगाडि बढ्नको लागि सहयोग गर्ने चिनियाँ विदेशमन्त्रीले उल्लेख गरे । उनले चीनले कनेक्टिभिटीको नाममा भूराजनीतिक खेल नखेल्ने बरु सबै मुलुकसँग परामर्शको आधारमा अगाडि बढ्ने बताए । चीन दक्षिण एसियाली मुलुकहरुसँग हार्ड कनेक्टिभिटी र सफ्ट कनेक्टिभिटीमा काम गर्न तयार रहेको उनले बताए ।







