बृहत् विज्ञान प्रदर्शनीः ४६ वटा विद्यालयका १२४ वटा प्रोजेक्टहरू

काठमाडौँ, ६ जेठ । बाँसबारीस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयको १९ औँ वार्षिकोत्सवको अवसरमा ३ दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।
आज जेठ ६ गते बलाधिकृत रथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा समापन भएको हो । प्रदर्शनीमा देशभरिका विभिन्न सामुदायिक तथा संस्थागत गरी कुल ४६ वटा विद्यालयका १२४ वटा प्रोजेक्टहरूको सहभागिता रहेको थियो ।

रिपुमर्दिनी सैनिक महाविद्यालयले आफ्नो स्थापना दिवसको अवसर पारेर २०७७ सालबाट सुरु गरेको प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीको यो चौथो संस्करण हो ।

प्रदर्शनी विभिन्न विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारण गरी पन्ध्र सय जनाभन्दा बढीले अवलोकन गरेका थिए ।

प्रदर्शनीमा नेपाल प्रहरी विद्यालय, साँगा, सेन्ट लरेन्स कलेज, चाबहिल, डियर वाक सिफल स्कुलका प्रोजेक्टहरु क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

त्यस्तै, भ्याली पब्लिक स्कुल, भंगाल र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय उत्कृष्ट प्रोजेक्ट व्यवस्थापनको रूपमा छनौट भएका थिए ।

समापन समारोहमा बलाधिकृत रथी श्री सिग्देलले छनौट भएका उत्कृष्ट प्रोजेक्टहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

नेपाली सेनाका रथीवृन्द, सैनिक श्रीमती संघका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकको उपस्थिति रहेको समापन कार्यक्रममा प्रदर्शनीको मुल्याङ्कन समिति लगायत रिपुमर्दिनी सैनिक महाविद्यालयको गत शैक्षिक सत्रमा विभिन्न विधामा उत्कृष्ट छात्रछात्रा र शिक्षक÷कर्मचारीहरूलाई समेत पुरस्कार एवं मायाको चिनो प्रदान गरिएको थियो ।

देशभरिका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयहरू सम्मिलित उक्त बृहत् विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानमा प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ ।

  • Related Posts

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 53 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 113 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 131 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 52 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 78 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 59 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते