बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता

कैलाली, १५ साउनः धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आउनुभएकी उहाँलाई श्रीमान् र परिवारको साथ सहयोग छ ।

बेतका सामग्री बनाउने उहाँले अहिलेसम्म कुनै पनि तालिम लिनुभएको छैन । सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उहाँले काम सिकेपछि उद्यम सुरु गर्नुभएको हो । विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उहाँले उद्यम सुरु गर्नुभएको हो र उहाँको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ । दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उहाँको परिवार छ ।

“व्यवसाय सुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो । फर्म दर्ता गर्न मसँग पैसा थिएन । व्यवसाय गर्नका लागि भतिजासँग रु दुई हजार पाँच सय सापटी मगेकी थिए, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय सुरु गरेकी हुँ” उहाँले भन्नुभयो, “तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनु परेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ ”।

सुरुका दिनमा बेतबाट निर्माण गरेका सामग्रीले बजार पाउन कठिन भए पनि अहिले भने यसको माग बढ्दै गएको उहाँले सुनाउनुभयो । यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उहाँले बताउँनुभयो । उहाँले बेतबाट ह्याङगर, फूलदानी, पिर्का, झुलालगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आउनुभएको छ । 

“धनगढी सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्र हो, जहाँ कैलाली, कञ्चनपुरलगायत प्रदेशका पहाडी जिल्लाका मानिस आवतजावत गर्ने गर्दछन, व्यावसायिक तथा घरायसी प्रयोजनका लागि उनीहरुले आफ्नो पसलबाट बेतका सामग्री खरिद गरी लाने गरेका छन्”, चौधरीले भन्नुभयो । उहाँले प्रति ह्याङ्गर रु एक हजार पाँच सय, फूलदानी रु चार सय, कुर्सी तीन हजार, पिर्का रु तीन सयमा बिक्री गर्दै आउनुभएको छ ।

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक रु ७० हजार बराबरको कारोबार हुने गरेको उहाँले सुनाउनुभयो । जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उहाँले बताउनुभयो । —

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल