बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी (बेनी) । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एक महिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो ।

नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरूको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मङ्गलाघाट बजारमा शुक्रबार दिनभर जोगीनाच प्रदर्शन गरिएको थियो । करिब ३० जना बढी युवायुवती र बालक सहभागी भएर शिव, पार्वतीको भेषमा सजिएर परम्परागत जोगी नाच देखाइएको जोगी नाचका संयोजक सुशीलकुमार श्रेष्ठले बताए।

उनका अनुसार नयाँ कलाकारलाई तालिम दिएर जोगी नाचमा सहभागी गराइएको थियो । युवाको समूह नाचगानसहित बजारमा निस्किएपछि दिनभर सर्वसाधारणले रुचिपूर्वक नाच अवलोकन गरेका थिए ।

बजारमा जोगी नाच प्रदर्शन गर्नुअघि लक्ष्मीनारायण मन्दिर परिसरमा महादेव र पार्वतीको पूजागरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित युवालाई जोगी बनाएर बजारमा नचाउने प्रचलन रहेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

नृत्यका साथै घरघरमा पुगेर भिक्षास्वरुप सहयोग जुटाउने चलन पनि छ । भिक्षामा सङ्कलन हुने रकमलाई वर्षे नाचको व्यवस्थापन तथा संरक्षणमा खर्च गरिन्छ । बेनी बजारमा बस्ती बसेदेखि नै यो नाच देखाउन थालिएको हो ।

यस वर्ष लाखे नाच, घोडा नाच, जोगी नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रालगायत कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचः का अध्यक्ष जेनेश श्रेष्ठले बताए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 69 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 65 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल