भवानीपुर का कुर्मी परिवारको विवाहमा कानु युथको सहयोग, २५ हजार बराबरको खाद्य सामग्री हस्तान्तरण-

-दीपेन्द्र प्रजापति/कालो झोला ।

कलैया, ११ बैशाख । सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कानु युथले बारा जिल्लाको कलैया उपमहानगरपालिका–३ भवानीपुर निवासी आर्थिक रूपमा कमजोर एक कुर्मी परिवारलाई विवाह कार्यक्रमका लागि २५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ ।

उक्त परिवारकी छोरीको वैशाख १२ गते हिन्दु परम्परा अनुसार विवाह हुने तयारी भइरहेका बेला आर्थिक अभावका कारण समस्या उत्पन्न भएपछि कानु युथ वीरगंजले आवश्यक खाद्य सामग्री उपलब्ध गराएको हो ।

कानु युथका सचिव श्रवण साह ले समाजमा रहेका विपन्न तथा असहाय परिवारलाई सहयोग गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे ।

सहयोग सामग्री अन्तर्गत चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्याज २० किलो, रिफाइन तेल १ जार, सरसो तेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, ग्यास २ सिलिन्डर तथा हरियो तरकारी लगायतका सामग्री प्रदान गरिएको उनले जानकारी दिए ।

कानु युथका अध्यक्ष मनोज साह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य देवेन्द्र साह कानु, कानु समाज बारा का रमेश साह कानु, अजय साह लगायतको सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 74 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 28 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 47 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 36 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 35 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 38 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची