भारतको कश्मीरमा बन्धक बनाइएका २८ नेपालीको उद्धार

काठमाडौँ । भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका २८ जना नेपालीहरूको उद्धार गरिएको छ । मजदुरीका लागि कश्मीर पुगेका धनुषा जिल्लाका ७ जना र सिराहा जिल्लाका २१ जना गरी २४ देखि ६० वर्षका २८ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको हो ।

शुक्रवार भारत स्थित नेपाली राजदूतावास र भारतीय गैर सरकारी संस्था किन इन्डियाको समन्वयमा बिना ज्याला जोखिमयुक्त तरिकाले द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती काममा लगाई बन्धक बनाइराखेका मजदुरलाई कश्मीरबाट उद्धार गरी नेपाल ल्याइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

नेपाल ल्याइएका उनीहरूलाई महिला, बालबालिका तथा ज्येष्ठ मन्त्री नबल किशोर साह सुडी, सचिव दिनेश भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति मार्फत उनीहरूको परिवारसँग पुनर्मिलन समेत गराइएको छ ।

सडक निर्माणको काम लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासन दिएर कश्मीर पुर्‍याएर बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 102 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 126 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 75 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल