भारतको छत्तीसगढमा माओवादीको आक्रमणमा एक जवानको मृत्यु, तीन जान घाइते

काठमाडौँ । भारतको छत्तीसगढमा संदिग्ध माओवादीहरूको आक्रमणमा जिल्ला रिजर्भ गार्डका एक जवानको मृत्यु भएको छ भने तीन जवान गम्भीर घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले जिल्ला रिजर्भ गार्डको एक टोली माओवादीहरू विरुद्धको अभियानको लागि इन्द्रावती राष्ट्रिय निकुञ्ज क्षेत्रमा निस्किएको समयमा सोमबार बिहान भोपालपट्टनम क्षेत्रको चिल्ला मार्का गाउँ नजिकै माओवादीहरूले गरेको आइइडी विस्फोटमा एक जवानको मृत्यु भएको छ भने केहि जवान घाइते भएको बताएका छन् ।

प्रहरीका अनुसार यस विस्फोटमा जिल्ला रिजर्भ गार्डका एक जवान दिनेश नागको घटनास्थलमै मृत्यु भएको थियो ।

घाइते जवानहरूलाई प्रारम्भिक उपचारपछि घटनास्थलबाट बाहिर निकालिएको छ । तीनै जना जवान खतरामुक्त छन् ।

छत्तीसगढमा विगत डेढ वर्षदेखि माओवादीहरू विरुद्ध सघन अभियान चलिरहेको छ। देशका गृहमन्त्री अमित शाहले मार्च ३१, २०२६ सम्म छत्तीसगढ लगायत सम्पूर्ण देशबाट माओवाद अन्त्य गर्ने समयसीमा तोकेका छन् ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 42 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 86 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 59 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 93 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 83 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 138 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-