भारतको जम्मू कश्मीरमा फेरी बादल फाट्यो, चार जनाको मृत्यु

काठमाडौँ । भारतको जम्मू कश्मीरमा फेरी बादल फाटेको छ । जम्मु कश्मीरको कठुआ जिल्लाको एक दुर्गम गाउँमा बादल फुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बादल फुटेपछि आएको बाढीबाट चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको रिपोर्टमा उल्लेख गरिएको छ । जानकारी अनुसार, कठुआको सोफेनमा रहेको गुज्जर बस्तीमा पहाड खसेको छ । त्यसमा चार घर पुरिएका छन् । सडकको ८० प्रतिशत भाग बगाएको छ । यो घटना गएराती भएको बताइएको छ ।

गाउँमा बादल फुटेका कारण बाटो अवरुद्ध भएको छ भने अहिलेसम्म चार जनाको शव निकालिएको छ । भारी वर्षाका कारण अधिकांश जलाशयहरूको पानीको स्तर द्रुत गतिमा बढेको छ र उज नदी खतराको चिन्ह नजिक बगिरहेको छ । 

यसअघि गत साता जम्मु कश्मीरमा बादल फाटेपछि आएको बाढीले ६५ जना भन्दा बढीको मृत्यु भएको थियो ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 39 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 78 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 132 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-