भारतको बेंगलुरुस्थित चिन्नास्वामी रंगशालामा अब ११ सिट सधैँ खाली राखिने

भारतको बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुने आईपीएल तथा अन्तर्राष्ट्रिय खेलमा अब ११ सिट सधैँ खाली राखिने भएको छ ।

रोयल च्यालेन्जर्स बेंगलुरु र कर्नाटक राज्य क्रिकेट संघले गत वर्ष रंगशालाबाहिर भएको भगदडमा ज्यान गुमाएका ११ जनाको सम्झनामा यस्तो निर्णय गरेका हुन् । सन् २०२५ जुन ४ मा टोलीले पहिलो पटक उपाधि जितेको खुशीयालीमा भएको भीड नियन्त्रण बाहिर जाँदा उक्त दुर्घटना भएको थियो ।

निर्णयअनुसार ती ११ सिट कहिल्यै बिक्री गरिने छैनन् । साथै, रंगशालाको प्रवेशद्वारमा स्मारक पट्टिका राखिनेछ र प्रत्येक खेलअघि दुवै टोलीको सहभागितामा एक मिनेट मौनधारण गरिने व्यवस्था गरिएको छ । खेलअघि पीडितहरूको नाम पनि प्रदर्शन गरिनेछ ।

कर्नाटक क्रिकेट संघका अध्यक्ष वेंकटेश प्रसादले यो पहलले पीडितप्रति सम्मान व्यक्त गर्ने उद्देश्य रहेको बताएका छन् । उनले यस्तो घटना सम्झनु पीडादायक भए पनि उनीहरूको स्मृतिलाई सम्मान गर्न आवश्यक रहेको उल्लेख गरे ।

उक्त स्मारक इंग्ल्यान्डको हिल्सबरो घटनाबाट प्रेरित भएर निर्माण गरिँदैछ, जहाँ सन् १९८९ मा भएको दुर्घटनामा ज्यान गुमाएका समर्थकहरूको सम्झनामा स्मारक बनाइएको थियो ।

भगदडपछि सुरक्षा कारण देखाउँदै केही समय रंगशालामा ठूला प्रतियोगिता आयोजना गर्न रोक लगाइएको थियो । तर हाल पुनः अनुमति दिइएपछि आगामी आईपीएलका खेलहरू त्यहाँ आयोजना हुने भएका छन् ।

कर्नाटक सरकारले आगामी संस्करणका खेल आयोजना गर्न स्वीकृति दिइसकेको छ । यसअन्तर्गत उद्घाटन खेलमा बेंगलुरु र हैदराबादबीच प्रतिस्पर्धा हुने तय गरिएको छ ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 94 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 90 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 72 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 105 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 64 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 92 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-