भारतीय नागरिकलाई नागरिकता दिलाउने ६ जनाविरुद्ध मुद्धा दायर

ईलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिरसमेत ६ जनाविरुद्ध गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजपुर गाउँपालिका, वडा-४ बाट भारतीय नागरिक आलम जोल्हालाई पैसा लिई नागरिकता दिलाएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले राजपुर गाउँपालिका, वडा नं. ४, दाङका वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मिना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडा सचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा आएसा जोल्हा र आलम जोल्हाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही दफा ९ बमोजिम कैद र जरिवानाको सजाय हुन माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 69 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 65 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल