भारतीय पत्रकार अभिसार शर्माविरुद्ध राजद्रोहको मुद्धा दर्ता

काठमाडौँ । भारतको गुवाहाटी अपराध शाखाले पत्रकार तथा युट्युबर अभिसार शर्मा विरुद्ध एफआईआर दर्ता गरेको छ ।

स्थानीय नागरिकको उजुरीपछि अभिसार विरुद्ध यो रिपोर्ट दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । उजुरी अनुसार अभिसारले आफ्नो एउटा भिडियोमा आसाम र भारत सरकारको मजाक उडाएका छन् । भारतीय न्याय संहिता २०२३ को धारा १५२ (देशद्रोह), धारा १९६ र १९७ अन्तर्गत उनी विरुद्ध मुद्दा दर्ता गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उजुरीमा अभिसार शर्माले आफ्नो भिडियोमा आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मामाथि ‘साम्प्रदायिक राजनीति’ गरेको आरोप लगाइएको छ ।

२३ वर्षीय उजुरीकर्ता आलोक बरुआले आफ्नो उजुरीमा अभिसारले आसामका मुख्यमन्त्रीविरुद्ध यी आरोप लगाएका छन् र उनको भिडियोले ‘साम्प्रदायिक भावना भड्काउन सक्छ’ भनेका छन् ।

आफ्नो विरुद्धमा दर्ता भएको एफआईआरको प्रतिक्रिया दिँदै अभिसार शर्माले मेरोविरुद्ध असम प्रहरीको एफआईआर पूर्णतया आधारहीन छ र यसको कानुनी रूपमा जवाफ दिने बताएका छन् । 

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल