भ्रष्टाचार गरेको भन्दै कुलमानविरुद्ध पूर्वडीआईजी खरेलले दिए अख्तियारमा उजुरी

काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रूपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै उनले मंगलबार अख्तियारमा उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन । कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युत्को पीपीए गरेको जिकिर खरेलको छ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गरेका छन् । त्यस क्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका छन् ।

‘विद्युत् खरिद सम्झौतामा सहमति दिँदा विद्युत् नियमन आयोगले शुल्क लिनुपर्छ । उक्त रकम पाएपछि मात्रै प्राधिकरणले पीपीए गर्न पाउँछ । तर प्राधिकरणका प्रबन्ध निर्देशकले ऐनलाई नै माथ खुवाउँदै आफूखुसी पीपीए गरेका हुन्’, खरेलले भनेका छन्, ‘आयोग ऐन बनेको एक वर्षपछि पनि प्राधिकरणले स्वीकृतिबिना नै पीपीए गरेर राज्यलाई करोडौँको नोक्सानी गराएको छ । 

  • Related Posts

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    पहिलो

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 14 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 12 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 13 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

    • April 21, 2026
    • 19 views
    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

    नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन गर्न ३ दिनको समय

    • April 21, 2026
    • 10 views
    नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन गर्न ३ दिनको समय

    निर्माण कार्य गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति

    • April 21, 2026
    • 18 views
    निर्माण कार्य गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति