मचाडोले भेनेजुएलाका जनता र ट्रम्पलाई समर्पित गरिन् नोबेल पुरस्कार

काठमाडौँ । २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ । नोबेल शान्ति पुरस्कार पाएपछि मचाडोले पुरस्कार भेनेजुएलाका जनता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्पित गरेकी छन् ।

उनले भनेकी छन्- ‘सबै भेनेजुएलालीहरूको संघर्षको यो मान्यताले हामीलाई स्वतन्त्रता प्राप्त गर्ने हाम्रो कार्य पूरा गर्न प्रोत्साहित गर्नेछ । आज, पहिलेभन्दा बढी, हामी विजयको संघारमा छौं । हामी राष्ट्रपति ट्रम्प, अमेरिकाका जनता, ल्याटिन अमेरिकाका जनता र विश्वका प्रजातान्त्रिक देशहरूलाई स्वतन्त्रता र लोकतन्त्र प्राप्तिमा हाम्रा प्रमुख सहयोगीहरूको रूपमा भरोसा गर्छौं ।’

मचाडोले अगाडी भनेकी छन्- ‘म यो पुरस्कार भेनेजुएलाका उत्पीडित जनता र हाम्रो उद्देश्यको निर्णायक समर्थनको लागि राष्ट्रपति ट्रम्पलाई समर्पित गर्छु ।’ मचाडोको यो पोस्ट ह्वाइट हाउसले पनि पुन: पोस्ट गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोबेल पुरस्कार पाएपछि मचाडोले आफुलाई फोन गरेको र यो पुरस्कार जित आफु बढी योग्य  भएको बताएको उल्लेख गर्दै पुरस्कार आफुलाई समर्पित गरेको बताएका छन् ।  ट्रम्पले मजाक गर्दै आफुले पुरस्कार मलाई देउ भनेर नभनेको बताए । ट्रम्पले आफुले लाखौको ज्यान बचाएकोमा आफु खुशी रहेको बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 76 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल